काठमाडौँ — साहित्यकार तथा मादी माध्यमिक विद्यालय संखुवासभाका पूर्व प्रधानाध्यापक पद्मप्रसाद दाहालका हालैमात्र एकैसाथ दुईवटा कृतिहरू ‘प्रेम– पराग’ (छन्द कवितासङ्ग्रह) र ‘मेरो निर्मोही जन्म घर’(गद्यकविता सङ्ग्रह) सार्वजनिक भएका छन् ।
कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको तेस्रो साधारणसभाका अवसरमा सार्वजनिकीकरण भएका छन् । प्रत्येक कृतिमा ५१/५१ वटा कविता रहेको दाहालले बताए । वरिष्ठ समालोचक प्रा.डा. कृष्णप्रसाद दाहालले ‘प्रेम– पराग’ माथि र अर्का वरिष्ठ समालोचक प्रा.डा. देवी नेपालद्वारा‘मेरो निर्मोही जन्म घर’ कृतिमाथी समिक्षा गरेका थिए ।
कार्यक्रममा दाहाललाई प्रतिष्ठानका सभापति मुकुन्दप्रसाद दाहाल र प्रमुख अतिथि श्यामसुन्दर दाहालद्वारा अभिनन्दन गरिएको थियो । सुरुमा ‘बादलका तरेलीहरू’२०७६ मा प्रकाशित उनको पहिलो कृति हो,भने अहिले उनका विभिन्न विधाका गरी ८ वटा मौलिक कृति र सम्पादनात्मक समेत १३ वटा कृति सार्वजनिक भइसकेका छन् ।
