काठमाडौं — अमेरिकाको न्यूयोर्कमा रहेका गायक योगेश आदीको ‘तिम्रै बजारमा’ बोलको गीत सार्वजनिक भएको छ ।
आदीले आफ्नै अफिसियल युट्यूब च्यानलमार्फत संगीत पारखी दर्शक तथा स्रोताहरूमाझ उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सो म्यूजिक भिडियोमा आदीकै शब्द, रचनामा संगीतकर्मी ओम कर्माचार्यले संगीत दिएका छन् भने गीतको ग्राफिक डिजाइन अभिषेक कर्माचार्यले गरेका छन् । वियोगान्त भावको गीत उनले रक शैलीमा गाएका छन् । उनका रचना सधैं यथार्थपरक हुने गर्दछन् । यो वियोगान्त गीतले नयाँ पुस्ताको मात्र होइन कि सबैको मन छुनेछ भन्ने गायक आदीको विश्वास छ ।
वियोगान्त भावको गीत उनले रक शैलीमा गाएको छ । न्यूयोर्कका संगीतकर्मी ओम कर्माचार्यको संगीत र छायाँकन रहेको गीतको सम्पूर्ण कार्यसम्पादन न्यूयोर्क सहरमा गरिएको हो ।
न्यूयोर्क सिटीका विभिन्न रमणीयस्थल म्यानह्याटन, ब्रुकलिन ब्रिज, समुद्रको किनारमा छायांकन गरिएको भिडियोको पोस्ट प्रोडक्सन न्यूयोर्ककै ओम मेगा अडियो एण्ड भिडियो प्रोडक्सनले गरेको हो भने भिडियोको निर्देशन/सम्पादन तथा छायांकन ओम कर्माचार्यले गरेका हुन् ।
