पछाईं गृहनगरमा सम्मानित

मंसिर २३, २०८१

कान्तिपुर संवाददाता

Later honored in hometown

काठमाडौँ — कान्तिपुर टेलिभिजन नेटवर्क र रेडियो कान्तिपुरका प्रमुख कार्यकारी अधिकृत शिशिर पछाईं गृहनगर नेपालगन्जमा सम्मानित भएका छन् ।

नेपालगञ्ज म्याराथनको १० औं संस्करणमा आयोजित कार्यक्रममा पछाईंलाई नेपालगन्ज उपमहानगरपालिका र म्याराथन आयोजक क्रियटिभ ह्यान्ड्सले सम्मान गरेको हो ।

नेपालगन्ज म्याराथनलाई राष्ट्रियस्तरको म्याराथन बनाउन सञ्चारमाध्यमबाट उल्लेख्य भूमिका निर्वाह गरेको र नेपालगन्जका युवालाई सत्कर्ममा लाग्न उत्प्रेरणा प्रदान गर्नुका साथै नेतृत्व विकासमा हौसला प्रदान गरेको भन्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ । 

उनलाई उपमहानगरपालिका मेयर प्रशान्त विष्ट, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले संयुक्त सम्मानपत्र प्रदान गरे । 

दसौं संस्करणका अवसरमा म्याराथनलाई सुरुबाटै सघाउने १० व्यक्ति र संस्था पनि सम्मानित भए । सम्मानित हुनेमा प्याब्सन बाँके, नेपालगन्ज उपमहानगर, कोहलपुर नगरपालिका, हिडेन ट्रेजर, पूर्वक्रिकेटर एलबी क्षेत्रीलगायत छन् । नेपालगन्ज म्याराथन एम्स मान्यताप्राप्त म्याराथन हो ।

कान्तिपुर संवाददाता

Link copied successfully