काठमाडौँ — ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मंगलबार काठमाडौंमा स्कुटर र्याली आयोजना गरिएको छ ।
बीआइए इन्स्टिच्युटको आयोजनामा भएको र्याली जोरपाटीदेखि काठमाडौं चक्रपथ परिक्रमा गरी भक्तपुरको सुर्यबिनायक,जगाति, चाङ्गुनारायण हुँदै साँखु, कागेश्वोरि, जोरपाटीसम्म र्याली आयोजना गरिएको हो । र्यालीमा १०० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु सहभागी भएका थिए । र्यालिको उद्घाटन गोकर्णेश्वर नगरपालिका-६ का अध्यक्ष नवराज लामा र बीआएका संस्थापक छोग्याल रिन्पोछेको समेत उपस्थिति रहेको र्यालीको समापनका क्रममा सांगीतिक कन्सर्ट पनि भएको थियो ।
