काठमाडौँ — युनिभर्सल पिस फेडेरेसन (युपीएफ) द्वारा प्रदान गरिने लिभिङ फर अदर अवार्ड ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’ लाई प्रदान गरिएको छ ।
अष्ट्रेलियाको जर्ज स्ट्रीट चिपेनडलमा आयोजित विशेष समारोहमा शनिबार साँझ रायमाझीलाई अवार्ड प्रदान गरिएको हो ।
कार्यक्रममा युनिभर्सल पिस फेडेरेसनका अध्यक्ष जोन एडमेडेसले नेपालीहरुमा रहेको सेवाभावको प्रसंशा गरे ।
कार्यक्रममा न्यू साउथ वेल्सस्थित नेपालका अवैतनिक महावाणिज्य दूत सञ्जीव कुमार शर्माले सम्मान प्रदान गरेका थिए । कार्यक्रम संयोजक रहेका सन्तोष न्यौपानेले यसप्रकारको कार्यक्रममले समाजमा भाइचारा र सहयोग आदानप्रदानको वातावरण अझ बलियो हुने बताए ।
