कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापान सरकारबाट जान पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — जापानको परराष्ट्र मन्त्रालयले सन् २०२३ को ‘फरिअन मिनिस्टर्स कमेन्डेसन अवार्ड’ नेपाल जाइका अलमुनाई एसोसिएसन (जान) लाई दिने निर्णय गरेको छ ।

नेपालस्थित जापानी राजदूतावासका अनुसार नेपाल र जापानको मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउन र जापानका प्रविधिहरु नेपालमा भित्र्याउन लामो समयदेखि संलग्न भएकाले जान पुरस्कारको छनोटमा परेको हो ।

जानका अध्यक्ष रामचन्द्र भुसालले पुरस्कारका लागि आफ्नो संस्था छनोट भएकामा खुसी लागेको बताएका छन् । ‘यो निकै महत्वपूर्ण पुरस्कार हो,’ भुसालले भने, ‘यसका लागि जानलाई छनौट गरेर जापान सरकारले हाम्रो कामको कदर गरेकामा खुसी लागेको छ ।’


प्रकाशित : भाद्र ५, २०८० २१:२२
प्रतिक्रिया
पठाउनुहोस्