१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

एनप्याब्सन वाग्मती प्रदेश र यूनाइटेड फाउण्डेसनबीच शैक्षिक सुधारको सम्झौता

काठमाडौँ — रसुवा र नुवाकोट  जिल्लाका सामुदायिक विद्यालयका समस्या पहिचान गरी गुणस्तरीय शैक्षिक सुधार गर्नेबारे राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) वाग्मती प्रदेश समिति र यूनाइटेड फाउन्डेशन नेपाल बीच सम्झौता भएको छ ।

एनप्याब्सन वाग्मती प्रदेश र यूनाइटेड फाउण्डेसनबीच शैक्षिक सुधारको सम्झौता

फाउण्डेसनका अध्यक्ष निरज सिग्देल र नेशनल प्याब्सन वाग्मती प्रदेश समितिका अध्यक्ष नारायणकुमार कार्कीबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा सामुदायिक विद्यालयहरु मध्ये अति विपन्न विद्यालयहरुको छनौट गरी ती विद्यालहरुको शैक्षिक उन्नयनमा काम गर्ने उल्लेख छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुले तत्काल भोगिरहेका शैक्षिक समस्याहरु हटाउने सम्बन्धमा दुई संस्थाले काम गर्नेछन् । यस्तो सहकार्य आगामी ५ वर्षसम्म हुनेछ ।

विपन्न सामुदायिक विद्यालयको शैक्षिक व्यावस्थापन तथा भौतिक पूर्वाधार सुधार, कम्प्युटर ल्याव व्यावस्थापन, शिक्षक व्यावस्थापन, पुस्तकालय व्यावस्थापन, खानेपानी, सरसफाई जस्ता विद्यालयको आधारभूत कुराहरुमा दुई संस्थाले विकास सहयोग जुटाउने छन् ।

प्रकाशित : चैत्र १९, २०७९ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?