२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

रहेनन् चार्टर्ड एकाउन्टेन्ट उपाध्याय

काठमाडौँ — चार्टर्ड एकाउण्टेण्ट (सीए) तिर्थराज उपाध्यायको २०७९ वैशाख ३० गते शुक्रबार निधन भएको छ । ७४ वर्षको उमेरमा अमेरिकाको वासिङटनडिसीमा उनको निधन भएको हो । पारिवारिक स्रोतका अनुसार करिब एक महिना अघि छोरीहरुलाई भेट्न उनी अमेरिका गएका थिए ।

रहेनन् चार्टर्ड एकाउन्टेन्ट उपाध्याय

त्यहाँको एक सपिङ मलमा भर्‍याङबाट लडेर उनको टाउकोमा गहिरो चोट लागेको थियो । उपचारको क्रममा अस्पतालमा उनको निधन भएको हो । उनकी श्रीमती र दुई छोरी छन् । उनी नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) का अन्तरिम परिषद सदस्य तथा प्रथम परिषदका दोस्रो कार्यकालका अध्यक्ष थिए ।

संस्थाको स्थापना र विकासको साथसाथै नेपाली लेखा व्यवसायमा उनको महत्वपूर्ण योगदान रहेको भन्दै उनको निधनले नेपाली लेखा व्यवसायको क्षेत्रमा ठूलो क्षति पुगेको आइक्यानले जनाएको छ । ऐतिहासिक व्यक्तित्वको निधनबाट संस्था र समग्र लेखाव्यवसायले अभिभावक गुमाएको महसुस भएको आइक्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ २, २०७९ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?