१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सिक्सजीमा जापान

हेलो टेक

विश्वभर नै फाइभजी प्रविधिको निर्माण र अनुसन्धानमा चासो भइरहेका बेला जापानले भने त्यसपछिको प्रविधिको अनुसन्धान थाल्ने भएको छ  । जापान सरकारले सिक्सजीका लागि अनुसन्धान टोली गठन गर्ने घोषणा गरेको छ  ।

सिक्सजीमा जापान

सन् २०३० भित्र सिक्सजी प्रविधि विकास गरिसक्ने जापानको लक्ष्य छ । जापानअघि नै चीनले पनि यस्तैखाले अनुसन्धान गर्ने निकाय गठन गरी फाइभजी पछिको प्रविधिको अनुसन्धान सुरु गरिसकेको छ । अहिले भने फोरजीलाई विस्थापित गर्दै फाइभजी प्रविधि राख्नका लागि विभिन्न देशका कम्पनीहरूबीच होडबाजी छ ।

केही सीमित देशले मात्र फाइभजी प्रविधिलाई सुरु गर्ने तयारी गरेका छन् । फाइभजी प्रविधि नै अहिले चल्तीमा रहेको फोरजीभन्दा सयौं गुणा तीव्र हुनेछ भने त्यसपछिको प्रविधि सिक्सजी कति धेरै तीव्र होला ? यो भने अनुसन्धानपछि नै पत्ता लाग्नेछ ।

प्रकाशित : माघ १०, २०७६ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?