१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

दक्षिणकालीमा युवती मृत भेटिइन् 

काठमाडौँ — काठमाडौंको दक्षिणकालीमा एक युवतीको शव भेटिएको छ । दक्षिणकाली मन्दिर क्षेत्रमा सन्तोषी सुब्बा मृत अवस्थामा भेटिएकी हुन् ।

टाउको क्षतविक्षत र घाँटीमा नीलडाम भएको अवस्थामा उनको शव भेटिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले बताए ।

सन्तोषीलाई हत्या गरेर फालिएको हुन सक्ने एसपी पंगेनीले बताए । उनका अनुसार सन्तोषी कालोपुलस्थित धर्मबुवा धर्मबहादुर तामाङसँग बस्दै आएकी थिइन् । सन्तोषी असार ६ गतेदेखि सम्पर्कविहीन थिइन् । उनको हत्या के कारणले भयो भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी पंगेनीले बताए ।

सन्तोषीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । घटनाको अपराध महाशाखा, परिसर तथा फर्पिङ प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित : असार ९, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?