[अर्काइभ] मध्यावधिपछिको पहिलो संसद् अधिवेशनमा जे देखियो...

प्रतिनिधिसभा बैठकमा अल्पमतको सरकार भएकाले सत्तापक्षका कुर्सी खाली थिए भने प्रतिपक्ष बस्ने कुर्सी भने खचाखच थिए । पहिलो पटक जितेका सांसदहरू आफू बस्ने कुर्सी खोजिरहेका देखिन्थे ।

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

[Archive] What was seen in the first parliamentary session after the midterms...

What you should know

काठमाडौँ — प्रजातन्त्र प्राप्तिपछिको दोस्रो संसदीय निर्वाचनले सत्तापक्षलाई प्रतिपक्ष र प्रतिपक्षलाई सत्तापक्षमा पुर्‍याएको थियो । कम्युनिष्ट पार्टीका सांसदले प्रतिनिधिसभामा पहिलोपटक सत्तापक्षको कुर्सीमा बस्ने अवसर पाएका थिए ।

वि.सं. २०४६ को परिवर्तनपछि दोस्रोपटकको संसदीय निर्वाचनबाट गठन भएको प्रतिनिधिसभाको आठौं अधिवेशन २०५१ मंसिर २८ मा सिंहदरबारस्थित पुतली बगैंचाको संसद् भवनमा सुरु भएको थियो । २०५१ कात्तिक २९ को मध्यावधि निर्वाचनबाट मुलुकको इतिहासमा कम्युनिस्ट नेतृत्वको सरकार बनेपछिको भने यो पहिलो अधिवेशन थियो । 

प्रतिनिधिसभा बैठकमा अल्पमतको सरकार भएकाले सत्तापक्षका कुर्सी खाली थिए भने प्रतिपक्ष बस्ने कुर्सी भने खचाखच थिए । पहिलो पटक जितेका सांसदहरू आफू बस्ने कुर्सी खोजिरहेका देखिन्थे । दोस्रो पटक निर्वाचित भएर आएका कांग्रेस र एमालेका सांसदहरू एकआपसमा सिट साटासाट भएको विषयमा ठट्टा गरिरहेका देखिन्थे । 

बैठक हलमा प्रमुख प्रतिपक्ष बस्ने पहिलो लहरमा कांग्रेसका सांसदहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल र रामहरि जोशी बसेका थिए । दोस्रो लहरमा कांग्रेसका रामशरण महत, चक्र बास्तोला, पूर्णबहादुर खड्का र विमलेन्द्र निधि बसेका थिए । संसदीय बैठकको कक्षमा महत्त्वपूर्ण मानिने अन्तिम लहरको अन्तिममा कांग्रेसका सांसदहरू प्रदीप गिरी, ढुण्डीराज शास्त्री, शैलजा आचार्य र राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर राणा बसेका थिए ।[Archive] What was seen in the first parliamentary session after the midterms...

सत्तापक्षको अन्तिम कक्षको लहरमा एमालेका अमृतकुमार बोहरा, जागृतप्रसाद भेटवाल र हेमराज राई बसेका थिए । बैठकमा एमालेका सुरेन्द्र फुम्बो, विद्या भण्डारी, रामनाथ ढकाल, गंगा चौधरी तथा कांग्रेसका होमराज दाहाल र कमला पन्त पछिल्लो पुस्ताका युवा सांसदका रूपमा संसद् प्रवेश गरेका थिए । 

निवर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला संसद् हातामा भएको शपथग्रहणपछि बाहिरिएका थिए ।कांग्रेसको आन्तरिक कलहले मुलुक मध्यावधि निर्वाचनमा गएको थियो । सत्तापक्षको कांग्रेस प्रतिपक्षमा पुगेको थियो । राप्रपाका नेता तथा पञ्चायतकालका पूर्वप्रधानमन्त्रीहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पनि २०४६ को परिवर्तनपछि पहिलो पटक संसद् छिरेका थिए । राप्रपाका सांसदहरू विपक्षी बस्ने अन्तिम लहरभन्दा ६ लहर अगाडि बसेका थिए ।

०४८ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी थापा र चन्द समूहमा विभाजित भएको थियो । त्यतिबेला चन्द समूहले दुई सिट र थापा समूहले एक सिट सांसद पद जितेका थिए । मध्यावधिमा भने दुवै राप्रपाले एउटै पार्टी बनाएर निर्वाचन लड्दा २० सिटमा बाजी मारेको थियो । ०४८ सालमा संयुक्त जनमोर्चाका सांसद बस्ने ठाउँमा राप्रपाका सांसद बसेका थिए । नेपाल सद्भावना पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसदहरू भने प्रतिपक्षी बस्ने लहरको बीचमा बसेका थिए ।[Archive] What was seen in the first parliamentary session after the midterms...

यस पटक जीवनशैली र वेशभूषाका दृष्टिमा भिन्न देखिने सांसदहरूको उपस्थिति भने संसद‍्मा थिएन । यसअघि कछाड लगाएर आउने संयुक्त जनमोर्चाका बर्मन बुढा, जुत्ता–चप्पल नलगाई खाली खुट्टा हिँड्ने धार्मिक एवं सादा जीवनशैलीका कांग्रेसका शंकर पाण्डे र मैयादेवी श्रेष्ठ संसद‍्मा थिएनन् ।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सांसद बलबहादुर राईले कार्यवाहक सभामुखको हैसियतमा सांसद सदस्य पदको गोपनीयताको शपथ गराएका थिए । बैठकमा कानुन तथा संसदीय व्यवस्था राज्यमन्त्री सुवासचन्द्र नेम्वाङले चारवटा अध्यादेश पेस गरेका थिए । प्रतिनिधिसभा तथा राष्ट्रियसभाको बैठकमा नयाँ मन्त्रिमण्डल गठनसम्बन्धी दरबारबाट प्राप्त पत्र पढेर सुनाइएको थियो ।

मध्यावधि निर्वाचनमा कुनै पनि दलले सरकार गठन गर्न आवश्यक सांसद संख्या जित्न सकेका थिएनन् । त्यसैले ८८ सिट जितेर संसद्‍मा सबैभन्दा ठूलो पार्टी बनेको एमाले अध्यक्ष मनमोहन अधिकारीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । कांग्रेसले मध्यावधिमा ८३ सिट जितेको थियो । 

मध्यावधि निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो अधिवेशन र यसको पृष्ठभूमिका बारेमा केन्द्रित रहेर कान्तिपुर दैनिकले ‘संसदभित्र पहिलो दिनको झलक, संसदको आठौं अधिवेशन प्रारम्भ’ शीर्षकमा फरक–फरक कोणका समाचार २०५१ मंसिर २९ मा प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully