चुनावमा सेनाको छुट्टै भूमिका छैन, एकीकृत सुरक्षा योजनाअनुसार सबै संयन्त्र परिचालित हुन्छन्

सेना अगाडि सरेको होइन। पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा मात्र नेपाली सेना हो । त्यसबाहेक अरु आवश्यकता अनुसार हुने हो।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

The military has no separate role in the elections, all mechanisms are operated according to the integrated security plan.

What you should know

काठमाडौँ — २७ भदौमा गठित सुशीला कार्की नेतृत्वको सरकारको मुख्य दायित्व हो, निर्वाचन । त्यसै दिन तोकिएको मितिअनुसार २१ फागुनमा प्रतिनिधिसभाका लागि निर्वाचन हुादै छ । कार्कीले मन्त्रिपरिषद्मा सुरुवातमै भिरयाएकी एक मन्त्री हुन्, ओमप्रकाश अर्याल । नागरिक सरकारका कतिपय मन्त्री सरकार छाडेर चुनावमा होमिए पनि अर्याल भने आफ्नो मूल दायित्वबाट पन्छिएनन् । चुनावको व्यवस्थापन र शान्ति सुरक्षाका दृष्टिले महत्त्वपूर्ण ठानिने गृह मन्त्रालय सम्हाल्दै आएका अर्यालसँग कान्तिपुरका लागि उमेश चौहान, कृष्ण आचार्यदुर्गा दुलालले गरेको कुराकानीः

निर्वाचन हुन्छ कि हुँदैन भनेर दोधारका बीच हामी निर्वाचनकै पूर्वसन्ध्यामा आइपुगेका छौं । मतदान गर्ने दिन आउन एक हप्ताभन्दा पनि कम दिन बाँकी रहँदासमेत कुनै न कुनै कारणले निर्वाचन रोकिन सक्छ कि, कुनै न कुनै राजनीतिक दलले अवरोध गर्न सक्छ कि, झडप हुन सक्छ कि भन्ने मानसिकता अझै छ । यस्तो कहाँबाट र कसरी सिर्जना भइरहेको छ ? सरकारले कसरी मूल्यांकन गरेको छ ?

यस्तो हुन सक्ने कुनै ठोस कारण र आधार छैन । प्रकट भएका वा हुन लागेका कुनै आधार र कारण छैन । जसको कुनै आधार र कारण छैन, त्यसमा सरकार कसरी विश्वास गरेर लाग्न सक्छ ? कसैले कुनै अनुमान दिनुभयो र आशंका गर्नुभयो भने हामी छलफल गरेर रणनीति त बनाउँछौं ।  तर, त्यसको आधार र कारण चाहिन्छ । अन्तिम समयमा कुनै पनि काम रोकिन्छ र ? रोकिँदैन नि । अब निर्वाचन पनि त्यस्तै हो । यसरी रोकिन्छ भन्ने हो भने मुलुक र संविधानको भविष्य नै दाउमा राख्ने काम होला र ? यसको पनि ठोस आधार चाहिन्छ । सबै दलहरू निर्वाचनमै होमिएका छन् । निर्वाचन बहिष्कार गर्नेहरू सानातिना पार्टी मात्र यसको विरोधमा देखिन्छन् । यस्ता खालको समूहलाई पनि सरकारले ठीक ठाउँमा राखेकै छ । 

जेन–जी आन्दोलनताका सरकारको नेतृत्वमा रहेको दल एमालेले निर्वाचनमा भाग लिन्छ कि लिँदैन भन्ने शंका लामो समयसम्म रह्यो । एक दिन एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री सुशीला कार्कीका बीचमा लामो छलफलपछि अब निर्वाचन हुन्छ भन्दै ओली नै हिँड्नुभयो । सरकारले यो भेटमा के त्यस्तो मन्त्रणा गर्‍यो, जसले एकाएक निर्वाचनको पक्षमा ओली पनि खुल्नुभयो ?

एमाले चुनावको विरोधमा सुरुदेखि नै थिएन । उसले निर्वाचनमा सुरक्षा दिन सकेमा र निष्पक्ष भएमा निर्वाचनमा भाग लिन तयार रहेको भन्दै आएको थियो । हामी चुनाव विरोधी होइनौं भन्दै सरकारको वैधानिकतामा मात्र प्रश्न उठाउने काम गरेको थियो । निर्वाचन निष्पक्ष र राम्रोसँग सुरक्षा दिएर गर्नुहुन्छ भने चुनावमा भाग लिन्छौं भनेर सुरुकै भेटघाटदेखि भन्नुभएको हो नि । एमालेका महासचिव शंकर पोखरेल लगायतले हामीसँगको औपचारिक र अनौपचारिक भेटमा यही भन्नुभएको थियो । एमालेका प्रतिनिधिहरू सरकारले छलफलमा बोलाएको समयमा आउनुभएको हो नि । यसकारण अहिले एमालेका अध्यक्ष र प्रधानमन्त्रीको भेटघाटपछि मात्र यस्तो वातावरण बनेको भन्न मिल्दैन । अगाडिदेखि उहाँहरूको सवाल त्यही थियो । शान्ति सुरक्षाको प्रत्याभूति र निष्पक्ष रूपमा निर्वाचन हुन्छ कि हुँदैन भनेर उहाँहरूले सुनिश्चितता खोज्नुभएको थियो । त्यो प्रत्याभूति हामीले दियौं ।

The military has no separate role in the elections, all mechanisms are operated according to the integrated security plan.

मानिसमा अर्को पनि आशंका छ । २३ र २४ गतेको घटनाको प्रतिवेदन तीन महिनाभित्रै आउनुपर्नेमा सुरुमा एक महिना, फेरि २० दिन र त्यसपछि निर्वाचनपछि सार्वजनिक गर्ने गरी आयोगको चाहना नहुँदा नहुँदै पनि म्याद किन थपियो । यही कारण एमाले पनि सहज रूपमा निर्वाचनमा आयो भनिन्छ नि ?

एमाले चुनावको विरोधमा सुरुदेखि नै थिएन । उसले निर्वाचनमा सुरक्षा दिन सकेमा र निष्पक्ष भएमा निर्वाचनमा 
भाग लिन तयार रहेको भन्दै आएको थियो ।
मैले माथि पनि एमालेका बारेमा भनें । फेरि पनि मेरो भनाइ त्यही हो । एमाले सुरुदेखि नै निर्वाचनको पक्षमा हो । यो–यो भयो भने हामी निर्वाचनमा भाग लिन्छौं मात्र भनेको हो । आयोगको कुरा गर्नुभयो । आयोगले प्रतिवेदन ल्याउन ढिलाइ गरेको विषयमा काम गर्दै जाँदा उसलाई पनि समय चाहिएकाले थपिएको हो । २३ र २४ भदौको घटना धेरै ठूलो हो । 

यसको तथ्य संकलनदेखि विश्लेषणसम्म गर्नुपर्नेछ । तत्कालीन अवस्था र परिस्थिति पनि हेर्नुपर्नेछ । नियम कानुनका साथै अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी कानुनहरूको पनि विश्लेषण गर्नुपर्नेछ । राष्ट्रियबाहेक अन्तर्राष्ट्रिय ‘स्टेकहोल्डर’ ले समेत स्वीकार गर्नुपर्ने भएकाले यसलाई सोही स्तरको बनाउनुपर्ने चुनौती छ । मानवअधिकार उल्लंघनको विषय राष्ट्रिय मात्र हुँदैन, अन्तर्राष्ट्रिय रूपमा पनि स्वीकार्य हुनुपर्छ ।

अन्तर्राष्ट्रिय मापदण्डको पनि परिपालना र पूरा हुने गरी काम गर्दा समय लागेको हो । जाँचबुझ गर्ने क्रममा आयोगले हजारौं भिडियोहरूको विश्लेषण गरेको छ । बयान लिएको छ । २४ गते कसरी यत्रो क्षति भयो, क्षति गराउन कस्ता–कस्ता हतियारहरू प्रयोग भए, कस्ता–कस्ता केमिकल प्रयोग भए, यसको परीक्षण पनि गर्नुपर्नेछ ।

यी लगायत आयोगको कार्यक्षेत्रभित्र धेरै काम र जिम्मेवारी थिए । यी सबै जिम्मेवारीहरू सन्तोषजनक रूपमा पूरा गर्दै प्रतिवेदनलाई विश्वसनीय र विश्वासयोग्य बनाउन आयोगले समय लिएको हो । आयोगका तर्फबाट यी सबै कारणले गर्दा समय माग गरिएको हो । आयोगले माग गरेकै कारण सरकारले समय थप गरेको हो ।

आयोगका सदस्यहरूले नै आयोगको आवश्यकताले होइन, सरकारको आग्रहले आयोगको म्याद थपियो भन्छन् नि ? तपाईंहरूले निर्वाचनपछि ल्याउनुस् भनेर निर्वाचन गराउने मूल्यमा सारेको भन्ने आरोप छ नि ?

आयोगले गरेको सिफारिस र अनुरोधपछि म्याद थप भएको हो । यसमा अरू सोच्नुपर्ने केही पनि छैन । ऐनले नै आयोगको सिफारिसमा थप्ने भन्छ । सरकारले उनीहरूको समय नपुगेको अनुरोधपछि थप गरेको हो ।

आयोगको क्षेत्राधिकारमा २३ गतेको दमनदेखि २४ गतेका आपराधिक घटनाको छानबिनसम्म छ । यसरी आपराधिक कार्यमा संलग्नहरूलाई सरकार र गृहमन्त्रीले ढाकछोप गर्न खोज्नुभयो भन्ने आरोप सुरुदेखि नै लागेको छ । यसलाई स्वीकार गर्नुहुन्छ ?

यो सत्य होइन । केही सम्पादक र पत्रिकाहरू ‘बायस्ड’ भएर गरिएको टिप्पणी हो । तत्कालीन समयमा हामीसँग सफाइ दिने मौका र संयन्त्र थिएन । तत्कालीन अवस्थालाई कसरी नियन्त्रणमा लिने भन्ने नै ठूलो महत्त्व र चिन्ताको विषय थियो । तत्कालीन समयमा भ्रम चिर्न खोजेको भए चिरिन्थ्यो होला । तर, गृह मन्त्रालयको तत्कालीन प्राथमिकता त्यो थिएन । जबकि, कसैलाई त्यस्तो भाष्य बनाउनुपर्छ भन्ने लागेर चलाइएको हल्ला हो । तथ्यमा त्यस्तो भएको छैन । मुद्दा परेका सबैमाथि अनुसन्धान भइरहेकै छ । बरु गृहमन्त्रीले मुद्दा चलायो रे भन्ने दबाब आएका होलान् । मुद्दा चलाउने अधिकार पनि जिल्ला सरकारी वकिल कार्यालयको हो । अनुसन्धान र अभियोजनको अधिकार प्रहरी र जिल्ला सरकारी वकिलले गर्छन् । त्यसमा गृह मन्त्रालयले, म आएपछि, कुनै हस्तक्षेप गरेको छैन । स्वतन्त्र रूपमा अनुसन्धान गर्न कुनै अवरोध भएको छैन ।

The military has no separate role in the elections, all mechanisms are operated according to the integrated security plan.

सरकारले निर्वाचनको सुरक्षामा पहिलाको भन्दा फरक ॅएप्रोच’ लिएर नेपाली सेनालाई अलि अगाडि सारेको देखिन्छ । सेनालाई अगाडि सारेको विषयका केही प्रश्न उठेका छन् । सरकार स्वयंले यसलाई कसरी लिएको छ ?

प्रतिवेदनलाई विश्वसनीय र विश्वासयोग्य बनाउन आयोगले समय लिएको हो । आयोगका तर्फबाट समय माग गरिएपछि सरकारले थप गरेको हो ।यो विषयको चर्चा कान्तिपुरमा समाचार आएपछि नै सुरु भएको हो । नेपाली सेनालाई अगाडि सारेर निर्वाचन गराउन लागिएको होइन । सुरक्षा योजना बनाएर सोहीअनुसार परिचालन गर्ने विगतदेखिकै अभ्यास हो । 

अहिले पनि त्यही एकीकृत सुरक्षा योजना बनाएर त्यसैअनुसार गरिएको हो । ‘प्रतिनिधिसभा निर्वाचन एकीकृत सुरक्षा योजना’ नामकरण गरिएको छ । यो केन्द्रीय सुरक्षा समितिले पारित गरेको हो । त्यसले नै विभिन्न संयन्त्र परिकल्पना गरेको छ । त्यसैमार्फत निर्वाचनको परिचालन हुन्छ ।

यही एकीकृत योजनामै निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको परिचालन र खटनबारे लेखिएको छ । हामीले यसैलाई कार्यान्वयनमा ल्याएको हो । यसमा स्पष्ट छ ।

विगतदेखिको अभ्यास जे हो, यस पटक पनि त्यही गरिएको हो । सेना अगाडि सर्‍यो भन्ने होइन । पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा मात्र नेपाली सेना हुने हो । त्यसबाहेक अरू आवश्यकताअनुसार हुने हो । त्यस्तै तीन वटै सुरक्षा निकायको जगेडा फोर्स पनि हुन्छ । उनीहरू पनि आवश्यकताअनुसार खटिन्छन् । सबै विषय एकीकृत सुरक्षा योजनाअन्तर्गत नै हुने हो । 

अघिल्लो पटकभन्दा यस पटक फरक हुने गरी मतपत्र ढुवानीको जिम्मा नेपाली सेनालाई दिएको हो भन्ने सूचना छ । मतदानस्थलदेखि मतगणनास्थलसम्म नेपाली सेनालाई ढुवानी गर्ने जिम्मेवारीको ‘कमान्ड’ दिइएको हो ?

यो नागरिक सरकारमा कि त आउँदै नआएको भए हुन्थ्यो । आएपछि आफ्नो जिम्मेवारी स्वतन्त्रतापूर्वक 
सम्पन्न गरेर जानुपर्छ ।
यो होइन । सम्बन्धित निर्वाचन क्षेत्रमा प्रमुख निर्वाचन अधिकृत हुन्छ । जुन जिल्लामा एकभन्दा धेरै निर्वाचन क्षेत्र छन्, त्यहाँ अर्को पनि निर्वाचन अधिकृत हुन्छ । उहाँहरूसँग समन्वय गरेर छपाइ गरेको ठाउँदेखि निर्वाचन अधिकृतको कार्यालयसम्म नेपाली सेनाले लैजाने भनिएको हो । 

एकीकृत सुरक्षा योजनाले जनक शिक्षा सामग्री केन्द्रदेखि जिल्लाको निर्वाचन अधिकृतको कार्यालयसम्म मात्र सेनाले मतपत्र पुर्‍याउने जिम्मेवारी दिएको हो । यो अभ्यास विगतमा पनि हुने गरेको थियो । यस पटक निरन्तरता दिइएको हो ।

निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृत र त्यहाँ खटाइएका कर्मचारीहरूले लैजानुहुन्छ । सुरक्षाकर्मीहरूसँगको समन्वयमा यसलाई लगिन्छ । सबैतिर सेनाले लैजाने भनेर समग्रमा बुझ्न मिल्दैन । यो विषयलाई अर्को ढंगले व्याख्या गरिदिनु हुँदैन । विगत र अहिलेको परिस्थितिमा केही पनि फरक छैन ।

पत्रिकाले लेखेपछि एउटा भाष्य निर्माण हुने गर्छ । तर अहिले त्यस्तो अवस्था होइन । हामीले यही विषयमा गृह मन्त्रालयमा धेरै छलफल गरेका छौं । सरकारले कुनै पक्षधरता लिँदैन, निष्पक्ष निर्वाचन गर्छ । 

The military has no separate role in the elections, all mechanisms are operated according to the integrated security plan.

तपाईंले दलीय पक्षधरता देखाउनु हुँदैन त भन्नुभयो । तर सरकारका कतिपय कामले कुनै एक दल वा त्यो दलको नेतालाई सहयोग पुग्ने गरी काम गरेको त देखिन्छ नि । यसअघि चलेका मुद्दाहरूको अभियोगपत्र संशोधन गर्ने र भविष्यमा सांसद बनाउने उद्देश्य लिएर काम गर्न मिल्छ ? महान्यायाधिवक्तामार्फत मुद्दा फिर्ता लिने अनि सर्वोच्चमा विवाद पुगेपछि जिल्ला अदालतमा निवेदन पेस गर्नुलाई कसरी बुझ्ने त ?

यो जेन–जी विद्रोहको परिस्थितिबाट आएको सरकार हो । फेरि पनि यो सरकारले आफ्नो धर्म पूरा गर्नुपर्छ । अहिले सार्वजनिक भएका टीकाटिप्पणी सबै सरकारले मनन गर्नुपर्छ । सरकारले यस्तो विषयमा गलत अर्थ जाने र सरकारप्रतिको विश्वासमा कमी आउने गरी काम गर्नु हुँदैन । सरकारले यस्ता कार्यलाई न्यूनीकरण गर्दै जानुपर्छ । सरकारको निष्पक्षतालाई अझै मजबुत बनाउँदै लैजानुपर्छ भन्ने मेरो पनि मान्यता छ । सरकारको मान्यता पनि यही हो । कतै पनि वा कुनै दल तथा नेता विशेषलाई लाभ वा हानि हुने गरी आग्रह हामीले राख्न मिल्दैन भन्ने मेरो धारणा छ ।

अझै स्पष्ट रूपमा भन्नुपर्दा रास्वपा सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगपत्र संशोधन गर्ने सरकारी वकिलको कामबाट त स्पष्ट कुनै दलको पक्षधरता त देखिन्छ नि होइन र ?

महान्यायाधिवक्ता कार्यालय आफैंमा संवैधानिक निकायजस्तै हो । त्यसले मुद्दा चलाउने वा नचलाउनेबारे सरकारलाई सोधेरभन्दा पनि आफैं निर्णय लिन्छ । उसले गरेको कामको सम्बन्धमा अदालतमा नै जाने हो । सर्वोच्चमा गएको पनि छ । जिल्ला अदालतमा पनि जाँदा अदालतले स्वतन्त्र रूपमा काम गरेको देखिन्छ । यो अब न्यायको रोहमा पुगेको छ । यो अब त्यहीँबाट निरूपण हुन्छ । त्यो प्रक्रियामा सरकारले सहयोग गर्छ । न्यायालयले स्वतन्त्र ढंगले न्याय सम्पादन गरेर हुनुपर्ने वा नपर्ने अथवा जे हुनुपर्ने हो, त्यही निर्णय गर्नुपर्छ ।

२१ फागुनमा हुने मतदानका लागि सरकारले केही निर्वाचन क्षेत्रलाई संवेदनशील भनेर विभाजन गरेको छ । सरकारले ती क्षेत्रको सुरक्षा कसरी गर्छ ?

महान्यायाधिवक्ता कार्यालय आफैंमा संवैधानिक निकायजस्तै हो । त्यसले मुद्दा चलाउने वा नचलाउनेबारे सरकारलाई सोधेरभन्दा पनि आफैं निर्णय लिन्छ ।हाम्रो एकीकृत सुरक्षा योजनामा यो विषय पनि समावेश छ । मतदान केन्द्र र स्थलहरूलाई हामीले विभिन्न ‘क्याटागोरी’ मा विभाजन गरेका छौं । अति संवेदनशील, संवेदनशील र सामान्य भनेर यसको विभाजन गरिएको छ । 

तीन वर्गमा बाँडिएअनुसार सुरक्षा रणनीति र योजना बनेको छ । कतिपय स्थानमा उम्मेदवार हेरेर पनि सुरक्षा र रणनीति बनाउनुपर्ने अवस्था छ । यसका लागि अलग्गै रणनीति बनाउँछौं । यो सुरक्षा योजना उम्मेदवार तय हुनुभन्दा अघिको हो ।

त्यसकारण यसमा दुई वटा रणनीति सरकारले लिनेछ । सरकारले केही पूर्वानुमान त गरेको थियो, तर त्यसले पनि नपुग्ने अवस्था सिर्जना हुन थालेपछि रणनीति परिवर्तन पनि गरिएको छ । मौसमसम्बन्धी विषयमा पनि हामीले तयारी गरेका छौं । मौसम के होला पहिल्यै भन्न सकिने विषय होइन । हुन पनि सक्छ र नहुन पनि सक्छ ।

यदि हिमपात भएमा के गर्ने भन्नेमा हाम्रो रणनीति अझै परिवर्तन हुन्छ । त्यसपछि चाडपर्वको विषय छ । होलीको विषय छ । मिथिला परिक्रमामा होलीले निर्वाचनको समयलाई असर नपुगोस् भनेर सरकारले विशेष ध्यान दिएर काम गर्छ ।

सतर्कता अपनाउनेदेखि सुरक्षाका विषयमा योजना तथा रणनीति सुदृढ गरेर अघि बढ्छौं । मूलतः सरकारले लिएको रणनीति नै कार्यान्वयन हुन्छ र परिस्थितिअनुसार थप सुधार गरेर पनि अघि बढ्छौं ।

The military has no separate role in the elections, all mechanisms are operated according to the integrated security plan.

केही क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने अवस्था भयो भने सरकारले कति दिनभित्र गर्ने तयारी गरेको छ ?

सरकार र निर्वाचन आयोगको सहजता हेरेर गरिन्छ । धेरै समय लगाउने काम हुँदैन । सुरक्षाको परिस्थिति काबुभित्र छ भनेपछि तत्कालै उपनिर्वाचन भइहाल्छ । चाँडोभन्दा चाँडो नै गर्ने नीति तत्कालीन समयमा अख्तियार हुन्छ होला ।

खासगरी दुर्गा प्रसाईंको विषयलाई लिएर सरकार र व्यक्तिबीच मुसा–बिरालोझैं भइरहेको देखिन्छ । सरकार पक्राउ गर्ने अनि अदालतले बिनाआधार पक्राउ नगर भनेर रिहा गर्ने भइरहेको छ । हरेक हप्ता पक्राउ गर्न किन राज्य लागेको छ ? यदि पक्राउ गर्ने आधार छ भने किन रिहा हुन्छन्, र रिहा हुन्छन् भने किन पक्राउ गरिन्छ ?

केही क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने अवस्था भयो भने सरकार र निर्वाचन आयोगको सहजता हेरेर गरिन्छ । धेरै समय लगाउने काम हुादैन । सुरक्षाको परिस्थिति काबुभित्र छ भनेपछि तत्कालै उपनिर्वाचन भइहाल्छ ।निर्वाचन आयोगले आचारसंहिता जारी गरेपछि निर्वाचनलाई असर पुग्ने क्रियाकलाप गरेको भनी पत्र पठाएपछि प्रहरीले पक्राउ गरेको देखिन्छ । निर्वाचनको आचारसंहिता जारी गरेपछि कसैले निर्वाचन बिथोल्ने गतिविधि गर्छ भने त्यसलाई आवश्यक कारबाहीको दायरामा ल्याउनुपर्छ । निर्वाचनलाई बिथोल्ने कार्य भनेको निर्वाचनलाई असहयोग गर्ने काम हो । 

निर्वाचन भाँड्न खोजेको आरोप पनि लाग्छ । सरकार सन्तुलनमा हिँड्नुपर्ने हुन्छ । निर्वाचन आयोगले यसबीचमा जे निर्देशन गरेको छ, सरकारले त्यही मात्र गरेको हो । निर्वाचन भाँड्ने वा बिथोल्ने अभिव्यक्ति दिएको र हिंसा भएको छ भनेपछि आयोगले भनेबमोजिम कारबाही गरेको हो । सर्वोच्चले गैरकानुनी नै भनेको छैन । धरौटी र हाजिरी जमानीमा छोड्ने भनेको हो र अनुसन्धान चलिरहेको छ ।

एउटै घटनामा पटक–पटक पक्राउ गरेको होइन । अलग–अलग वारदातमा पक्राउ गरिएको हो । कानुनी कारबाही हुँदा अनुसन्धान नै गर्नु हुँदैन भन्ने होइन होला । न्यायालयले गरेका कतिपय कामको पनि समीक्षा समाजमा हुने गरेका छन् । व्यक्तिको स्वतन्त्रताको पनि सम्मान हुन्छ ।

जसरी समाजमा व्यक्तिको अधिकार छ, त्यसैगरी अरू समुदाय र आम जनताको पनि अधिकार छ । राष्ट्र र संविधानको पनि आफ्नो अधिकार छ । उसको पनि बाँच्न पाउने अधिकार छ । यसलाई एउटा आँखाबाट मात्र हेरिएको छ । तर सबै दृष्टिकोणबाट हेर्नुपर्छ ।

मुलुक पनि जोगाउने अनि व्यक्तिगत स्वतन्त्रता पनि जोगाउने तथा संविधान पनि जोगाउने दायित्व अहिले सरकारको छ । कसैको स्वतन्त्रता यति धेरै हुने कि, जसले मुलुकको जीवन र संविधानमाथि धावा बोल्दासम्म स्वतन्त्रता असीमित हुन्छ भन्ने लाग्दैन ।

२१ गतेको मतदानपछि मतपेटिकाको सुरक्षाको जिम्मा नेपाली सेनाले लिन्छ कि कसले लिन्छ ? यसको मतगणनास्थलसम्मको ढुवानी कसरी हुन्छ ? मतपेटिका साटियो भन्नेदेखि सरकारकै संलग्नतामा धाँधली भयो भन्नेसम्मका आरोप नआओस् भन्नका लागि सरकारको तयारी के छ ?

अहिलेको मूल रणनीति भनेकै दण्डहीनता रहन नदिने हो । जहाँ आचारसंहिता उल्लंघन हुन्छ, त्यहाँ निर्वाचन आयोगले कारबाही गर्छ । जहाँ प्रचलित कानुनको उल्लंघन हुन्छ, त्यहाँ सरकारका संयन्त्रहरूले कारबाही गर्छन् । कसैले पनि उन्मुक्ति नपाओस् र दण्डहीनता नहोस् भन्ने नीति लिएका छौं । हामीले कसैलाई जोगाउनु पनि छैन, कसैलाई विशेष रूपमा विभेद गर्नु पनि छैन । जहाँ कानुनको उल्लंघन हुन्छ वा कसुर कसैले गरेको छ भने दण्डको भागीदार बनाउँछौं । सरकारले अभियोजन गरेर कारबाहीको दायरामा ल्याउँछ भन्ने सन्देश दिएका छौं । पहिला–पहिला पक्षधरता हुन्थ्यो । प्रहरी प्रशासनको दुरुपयोग हुन्थ्यो ।

त्यसैले गर्दा गृह मन्त्रालय रोजेर आउने प्रचलन थियो । अहिले त्यस्तो केही पनि छैन । हामी निष्पक्ष रूपमा कानुन कार्यान्वयन गर्छौं । जस्तो विगतमा स्याङ्जाको चापाकोट भन्ने निर्वाचन क्षेत्रमा ९८ प्रतिशत मत खस्यो भनियो । विदेश गएका, मृत्यु भएका र मतदान गर्न नगएकाहरूको भोट हालियो भनियो, अनि जिताइयो । त्यो निर्वाचन बदर हुनुपर्ने थियो । अहिलेको सरकारले त्यस्तो क्रियाकलापलाई दण्डित गर्छ र त्यस्तो निर्वाचनलाई मान्यता दिँदैन । यस पटक यस्तो हुँदैन । यदि कहीँ कतै गडबडी हुन्छ भने त्यो निर्वाचन बदर हुन्छ । कसैले ‘बुथ क्याप्चर’ गर्छु भनेर सोच्नुभएको छ भने त्यसको अर्थ हुँदैन । हामी त्यस्ता क्षेत्रमा पुनः निर्वाचन गर्छौं । यस्तो गर्ने उम्मेदवार, राजनीतिक दल, कर्मचारी जोसुकै हुन्, उनीहरूलाई सरकारले कारबाहीको दायरामा ल्याउँछ ।

The military has no separate role in the elections, all mechanisms are operated according to the integrated security plan.

१६५ निर्वाचन क्षेत्रमध्ये कुनै एउटामा ओमप्रकाश अर्यालको नाम छुटेको जस्तो लाग्दैन ?

त्यस्तो बिलकुल होइन । म सरकारमा आएपछि निर्वाचनमा भाग लिदिनँ भनेर यसअघि नै स्पष्ट रूपमा भनेको थिएँ । र, अहिले पनि त्यसैमा अडिग छु ।

तपाईंका सहयात्री, जो मन्त्रिमण्डलमा थिए, उहाँहरू त राजीनामा दिएर पनि निर्वाचनमा जानुभयो नि ?

यसमा म सधैं स्पष्ट छु । मैले कहिल्यै पनि दुईतिर टेकेको छैन । मेरो दोहोरो मापदण्ड हुँदैन । यो सरकारमा कि त आउँदै नआएको भए हुन्थ्यो । आएपछि यो दलीय नभई नागरिक सरकार भएकाले आफ्नो जिम्मेवारी स्वतन्त्रतापूर्वक सम्पन्न गरेर जानुपर्छ । सरकारको स्वीकार्यता नहोला भनेर नै नागरिक सरकार बनेको हो नि । सरकारको मन्त्री भएपछि निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनुपर्छ । त्यसैले सरकारको मन्त्री बन्न स्वीकार गरेको क्षणदेखि नै मेरो भावना कतै पनि राजनीतिमा लाग्ने रहेन । मैले सुरुमै म यो निर्वाचनमा भाग लिन्नँ भनेको थिएँ ।

विभिन्न उम्मेदवारले जित्ने सुनिश्चित भएको जस्तो अवस्था र लहर देखिएको छ । निर्वाचनलाई तपाईंले ‘मिस’ गर्नुभएको छैन ?

मैले केही पनि ‘मिस’ गरेको छैन । देश यत्रो संकटमा परेको समयमा मन्त्री भएर सेवा गर्न पाउनु सानो विषय होइन । यसमा शुद्ध चित्त र शुद्ध भावनाले काम गर्नुपर्छ । यो ठूलो जिम्मेवारी थियो । यसलाई बीचमै छोडेर जान सक्ने अवस्था थिएन । यो सरकारलाई बीचमै छोडेर जाँदा सरकार मात्र असफल हुँदैनथ्यो, देश पनि असफल हुन सक्थ्यो नि । त्यसकारणले सरकारलाई कमजोर बनाउने काम गर्नु हुँदैन । चुनाव गराउने सरकारको जिम्मेवारी लिएपछि चुनाव सम्पन्न गरेर मात्र बाहिरिनुपर्छ । त्यस्तै अर्को कुरा, निर्वाचन गराउने सरकारको जिम्मेवारी लिएपछि हरहमेसा शुद्ध र निष्पक्ष हुनुपर्छ । पक्षधरता लिनु हुँदैन । कि त आउनै भएन, आएपछि त निर्वाचन सम्पन्न गरेर मात्रै जानुपर्छ भन्ने मेरो मान्यता हो । म त्यही मान्यतामा अडिग भएर बसेको छु । सरकारमा रहँदाको बखत पक्षधरता लिनु हुँदैन ।

तपाईंसँगै मन्त्रिपरिषद्मा सहयात्री रहनुभएकाहरू त जानुभयो नि ?

मैले मेरो कुरा भनें । म कसैलाई व्यक्तिगत रूपमा केही भन्न चाहन्नँ । यो आफैंले निर्णय गर्नुपर्ने विषय थियो । यो चुनावी सरकार भएकाले यसमा रहँदा दलीय आग्रह र पूर्वाग्रह हुनु हुँदैन ।

कान्तिपुर

Link copied successfully