चुनावी अभियानमा दाइ नआए पनि भोट हाल्न आउनुहुन्छ होला : विष्णुबहादुर खड्का

कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का ०४८ सालदेखि निर्वाचन लड्दै आएको सुर्खेत-१ मा यसपटक उनकै भाइ विष्णुबहादुर खड्का मैदानमा छन् । आफ्नै भाइ उम्मेदवार हुँदा समेत उनका दाइ पूर्णबहादुर खड्का निर्वाचन क्षेत्रमा उपस्थित छैनन । यसै विषयकाे सेरोफेरोमा रहेर गरिएकाे कुराकानीकाे सम्पादित अंश :

फाल्गुन ११, २०८२

ज्योति कटुवाल

Even if my brother doesn't come to the election campaign, he might come to vote: Bishnu Bahadur Khadka

What you should know

काठमाडौँ — कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का ०४८ सालदेखि निर्वाचन लड्दै आएको सुर्खेत-१ मा यसपटक उनकै भाइ विष्णुबहादुर खड्का मैदानमा छन् । कांग्रेसको विशेष महाधिवेशनको वैधानिकतालगायत विषयलाई लिएर उनी आफै निर्वाचन आयाेग र सर्वोच्च अदालत गएका थिए । उक्त मुद्दा विचाराधीन अवस्थामा छ । यहिकारण उनी उम्मेदवार भएनन र कांग्रेसले उनकै भाइ विष्णुबहादुरलाई उम्मेदवार बनायो । तर, आफ्नै भाइ उम्मेदवार हुँदा समेत उनी भौतिक रुपमा जिल्लामा उपस्थित छैनन । दाइको अनुपस्थितबीच चुनावी मैदानमा होमिएका खड्कासँग कान्तिपुरका ज्योति कटुवालले गरेकाे संवादकाे सम्पादित अंश : 

तपाईंको चुनावी प्रचार अभियान कस्ताे भइरहेकाे छ ? 

६ माघमा उम्मेदवारी दर्ता गरेपछि भोलिपल्ट जिल्ला कार्यसमिति बैठक आयोजना गरी निर्वाचन अभियानमा हिँडेको हुँ । क्षेत्रभरिका नेता–कार्यकर्ताहरू, वडा कार्यसमिति,  टोल कार्यसमिति र प्रदेश तहसम्मका प्रतिनिधिहरू निर्वाचतन अभियानमा एकजुट भएर लाग्नु भएको छ । सबै तहका कमिटीहरूलाई सक्रिय बनाउने निर्णय भएको छ । प्रत्येक पालिकाका वडासम्मै पुग्ने काम गरेको छु । टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट, समस्या सुन्ने, सुझाव लिने र आफ्नो  उम्मेदवारीका एजेन्डा प्रस्तुत गरिरहेकाे छु । कतिपय स्थानमा दुई तीनवटा टोललाई मिलाएर सामूहिक भेटघाट गरिएको छु भने केही ठाउँमा  सानो समूहमा संवाद गरिएको छुँ । 

कांग्रेसभित्र तपाईंको उम्मेदवारी अचानक भयो । विशेष महाविधेशन र कांग्रेसको नयाँ नेतृत्व चयनपछि तपाईंको दाइ (पूर्णबहादुर खड्का ) उम्मेदवार नभएपछि तपाईं आउनु भयो । अहिलेको नयाँ राजनीतिक परिवेशमा कत्तिको चुनौती महसुस गरिरहनु भएको छ ?

उम्मेदवारीका हिसाबले म नयाँ हुन सक्छु, तर राजनीतिमा म नयाँ होइन । २०३६ सालदेखि नेपाली कांग्रेसको आस्था बोकेर सक्रिय राजनीति गर्दै आएको छुँ । बहुदल–निर्दलको समयमा सानै उमेरमा निलो झण्डा बोकेर हिँडेको व्यक्ति हुँ । ०४६ सालको जनआन्दोलनको क्रममा गणेशमान सिंहको नेतृत्वमा सुरु भएको आन्दोलनमा सक्रिय भएको व्यक्ति हुँ । पञ्चायतविरुद्धको गतिविधिमा संलग्न हुँदा म दुईपटक पक्राउ परें- पहिलोपटक २१ दिन र दोस्रोपटक २६ दिन गरी कुल ४७ दिन जेल बसेँको छु । त्यो अवधिमा शारीरिक तथा मानसिक यातना पनि भोगें । बहुदल प्राप्तिपछि संगठन विस्तारमा सक्रिय रूपमा लागें। सुर्खेत क्षेत्र नम्बर १ र २ मा संगठन सुदृढीकरणका कामहरूमा योगदान गरें । क्षेत्र नम्बर १ बाट दाइ निर्वाचित भएपछि उहाँ केन्द्रमा रहेर काम गर्दा म सुर्खेतमा उहाँको सहयोगीका रूपमा संगठन, विकास निर्माण र जनसम्पर्कका कामहरू सम्हाल्दै आएको छु।

तपाईं राजनीति भन्दा पनि व्यवसायीका रुपमा चिनिनु हुन्थ्यो, अचानक उम्मेदवार भएर आउँदा अप्ठ्यारो भएको छैन ? 

म ३५ वर्षदेखि यातायात क्षेत्रमा सक्रिय छु । मध्यपश्चिम यातायात व्यवसायी संघको अध्यक्षको रूपमा २९ वर्ष काम गरें । अहिले पनि नेतृत्वदायी भूमिकामा छु । यद्यपि, कार्यभार अरूलाई हस्तान्तरण गरिसकेको छु । यस संस्थामार्फत हजारौं युवालाई रोजगारीको अवसर सिर्जना गरेको छु । यातायात व्यवसायलाई व्यवस्थित, एकीकृत र पारदर्शी बनाउने काम गरेको छु । सुर्खेतमा विश्वविद्यालय स्थापना गर्दा पनि संस्थागत रूपमा सहयोग गरेको थिए । त्यसका अतिरिक्त शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र विकास निर्माणका क्षेत्रमा निरन्तर संलग्न छु । नागरिकता, मालपोत, वन, प्रहरी प्रशासनलगायत विषयमा सर्वसाधारणलाई सहयोग गर्दै आएको छु।

अचानक उम्मेदवार हुनुको पछाडि दाइको हात नै मुख्य कारण होइन ? 

 दाइले आउदिन त भन्नु भएको छैन । -विष्णुबहादुर खड्कायसपटक चुनाव लड्ने मेराे पूर्वयोजना थिएन । दाइले चुनाव नलड्ने निर्णय गरेपछि  एक प्रकारको सन्नाटा छायो । कार्यकर्ता र मतदाताबाट तीव्र दबाब आयो । अब तपाईं नै चुनाव लड्नुपर्छ भन्ने भयो । त्यसबेला मेरो व्यवसाय र घर पुनर्निर्माणको जिम्मेवारी थियो । जेन-जी विद्रोहमा मेरो घर जलेको, सम्पत्ति लुटिएको र व्यवसायमा ठूलो क्षति पुगेको थियो । झण्डै २०–२२ करोड बराबरको नोक्सानी भयो । त्यसैले सुरुमा म उम्मेदवार बन्न इच्छुक थिइन । तर, पार्टीभित्रको छलफलपछि र कार्यकर्ताको आग्रहलाई सम्मान गर्दै अन्ततः उम्मेदवार बनेँ । टिकट दिने काममा दाइको कुनै पनि भूमिका थिएन । 

जिग्दगीभर दाइको राजनीतिलाई सघाउनु भयो । तर, अहिले त्यहीँ क्षेत्रमा दाइको अनुपस्थित हुँदा चूनौती बढेको छैन ? 

दाइ निष्ठाको राजनीति गर्ने व्यक्ति हुनुहुन्छ । पार्टीभित्रको विशेष महाधिवेशनसम्बन्धी मुद्दा लिएर उहाँ स्यमं निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म जानुभएको छ । त्यसैले प्रत्यक्ष रूपमा आउन असहज भएको हुन सक्छ । तर, मैले टोलिफोन गरेर आइदिन आग्रह गरे । त्यसमा आउछु, आउँदिन केही भन्नु भएको छैन । Even if my brother doesn't come to the election campaign, he might come to vote: Bishnu Bahadur Khadka

दाइलाई जिल्लामा ल्याउने पहल भएको छैन त ? 

स्थानीय नेता तथा कार्यकर्ता सबैले भन्नु भएको छ  । दाइले आउदिन त भन्नु भएको छैन । एउटा निष्ठाको राजनीति गर्ने व्यक्ति भएकाले विशेष महाधिवेशनसम्बन्धी मुद्दा लिएर उहाँ स्यमं निर्वाचन कार्यालयमा जानु भयो । विधानभन्दा फरक तरिकाले विशेष महाधिवेशन भयो भनेर अदालत पनि जानुभयो । यहि कारण असहज भएको होला । उहाँ जिल्ला आउने सम्भावना कम छ । तर, सबै साथीहरूसँग फोनमा कुरा गरिरहनु भएको छ । भिडियो कल भइरहेको छ । एकाध मान्छेले सुरुमा असहयोग गर्छन कि भन्ने बाहिरी रुपमा आएको थियो । तर, अहिले त्यस्तो छैन् । कांग्रेस एक ढिक्का भएको छ । 

तपाईं आफैंले दाइलाई बोलाउनु भएन त ? 

बोलाए । उहाँले म आउछु नै भनेर भन्दिन, आउने कुरा  नगर । तिमीहरू आफ्नो तयारीमा लाग । तयारी राम्रो गर भन्नुभएको छ । भोट हाल्न आउनुहुन्छ होला । त्यसअघि आउन हुन्न होला । उहाँ किन र के कारणले आउन नखोज्नु भएको हो भन्नेबारेमा कांग्रेसका नेता कार्यकर्ताहरूले थाहा पाउनु भएको छ । साथीहरूलाई बुझाइरहेका छौं । साथीहरूसँग बारम्बार सम्पर्क पनि भइरहेको छ । कार्यक्रम भइरहेको बेला भिडियो कलमार्फत धेरै जनताहरूसँग कुरा गर्नुभएको छ । फोनबाट भोट माग्नु भएको छ । त्यो अवस्थ राम्रो छ ।

नयाँ पार्टीप्रतिको लहर देखिएको छ भनेर स्थानीय मतदाताहरूले भनिरहेका छन् । तपाईंको विचारमा मुख्य प्रतिस्पर्धा को हो ? 

मुख्य प्रतिस्पर्धा एमालेसँग नै हो । नयाँ पार्टीहरूको यहाँ खासै प्रभाव छैन ।

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully