‘एकताको आधार बनिसकेको छैन’

माओवादी र समाजवादी पार्टीबीच सम्बन्ध सुधारका लागि छलफल भइरहेको छ, तर पार्टी एकताबारे ठोस निर्णयको चरणमा पुगेको छैन।

श्रावण २७, २०८२

कान्तिपुर संवाददाता

”The basis of unity has not been formed”

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको आधार बनिनसकेको बताएका छन् । ‘सहकार्य गर्दै जाँदा पार्टी एकताको आधार बन्यो भने आगामी दिनमा एकता पनि हुन सक्छ,’ उनले भने ।

माओवादीसँग निरन्तर संवादमा हुनुहुन्छ । पार्टी एकताबारे कुराकानी भइरहेको हो ?

दुई पार्टीबीच सम्बन्ध सुधारका लागि छलफल भएको छ । सहकार्यलाई कसरी बलियो बनाएर अघि जान सकिन्छ भनेर कुराकानी गरिरहेका छौं ।

पार्टी एकताका लागि प्रयास भइरहेको सुनिन्छ नि ?

पार्टी एकता गर्ने तहमा कुराकानी अघि बढेको छैन । सहकार्य गर्दै जाँदा पार्टी एकताको आधार बन्यो भने आगामी दिनमा एकता पनि हुन सक्छ । अहिले एकताको आधार बनिसकेको छैन । समाजवादी मोर्चामार्फत सहकार्य तीव्र पार्न अहिले छलफल केन्द्रित छ ।

अहिले एकता गर्दा के फरक पर्छ र ?

पार्टी एकताका लागि राजनीतिक, वैचारिक, सांगठनिक आधार तयार हुनुपर्छ । त्यो आधार तयार भइसकेको छैन । माओवादीसँग सहकार्य गर्दै गए एकताको आधार बनाउन सकिन्छ । हतारमा गरेको एकता टिकाउ हुँदैन भन्ने पाठ हामीले विगतबाट सिकेका छौं । 

पार्टीभित्र पार्टी एकता गर्न हुँदैन भन्ने मत पनि देखिन्छ नि ?

राजनीतिक विचार, सिद्धान्त नमिली पार्टी एकता गर्न हुँदैन । पहिले एकताका लागि बलियो आधार बनाउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।

कान्तिपुर संवाददाता

Link copied successfully