सरकारमा जाने हाम्रो प्राथमिकताको विषय होइन : उपेन्द्र यादव [अन्तर्वार्ता]

असार ३१, २०८२

कान्तिपुर संवाददाता

Going to government is not our priority: Upendra Yadav [Interview]

कांग्रेस एमालेले भूमिसम्बन्धी विधेयक लचिलो भएर जनता समाजवादीलाई सरकारमा सहभागी हुन ‘अफर’ गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा अध्यक्ष उपेन्द्र यादवसँग सोमबार बालुवाटारमा छलफल गरेका छन् ।

छलफलमा यादवले भूमि विधेयक संशोधन गरे यसलाई पारित गर्न सकारात्मक हुने बताएको जानकारी दिए । ‘गठबन्धन लचिलो भए तपाईँ सरकारमा जानुहुन्छ ?’ भन्ने प्रश्नलाई भने उनले अस्विकार गर्दै भने, ‘हामी सरकारमा जाने पक्षमा छैनौ । यो क्लियर कुरा हो ।’

सत्ता गठबन्धनसँग हिमचिम बढ्दैछ, सरकारमा जाने तयारीमा हुनुहुन्छ ?

हिजो (सोमबार) बालुवाटारमा भूमिसम्बन्धी विधेयकमा छलफल गर्न बोलाउनुभएको थियो । हामीले भूमि विधेयक सुधार गरेर जाने हो भने विधेयक अघि बढाउन सकारात्मक हुन सकिन्छौं भनेका छौं । हामी सरकारमा जाने कुनै रुची छैन ।

सरकारमा जान किन रुची जागेन त ?

अहिलेको भूमि विधेयकले वन मास्ने, सार्वजनिक जग्गालाई माफियाबाट बचाउनुपर्छ भनेका छौ । रुख काटेर पर्यावरण नास गर्ने पक्ष्मा हामी छैनौं । रियल स्टेट कम्पनीलाई जग्गा दिन विधेयकमा भनिएको छ । हामी यसको विरोधमा छौं । यसको अर्थ सुकम्बासी समस्या हल गर्नु हुँदैन भन्ने होइन । यो समस्या समाधान गर्न नीति बनाउनुपर्छ । सुकम्बासी समस्या हल गर्न थप बहस र छलफल गर्नुपर्ने आवश्यक छ । तर सरकारमा जाने पक्षमा छैनौं । यसमा हामी क्लियर छौं । सरकार जाने हाम्रो प्राथमिकतामा विषय होइन ।

सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि संसद् सचिलायमा पत्र बुझाउनु भएको छैन नि ?

केन्द्रीय कार्यसमितिले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । हामी छिट्टै संसदीय दलले निर्णय गर्छौं ।

मधेश प्रदेश सरकारमा जाने चर्चा छ नि ?

कांग्रेस, एमाले र सीके राउत (जनमत) बीचमै विवाद छ । हाम्रो त्यता ध्यान छैन ।

कान्तिपुर संवाददाता

Link copied successfully