शिक्षा तथा खेलकुद मन्त्रालयले बिहीबार पौडेललाई जिम्मेवारी तोकेको पत्र पठाएको छ ।
दाङ — नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्राध्यापक सुधनकुमार पौडेलले प्राप्त गरेका छन् ।
नेपाल सरकारको प्रधानमन्त्री तथा कुलपतिस्तरको बुधबारको निर्णयले पौडेललाई अर्को उपकुलपति व्यवस्था नभएसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालयले बिहीबार पौडेललाई जिम्मेवारी तोकेको पत्र पठाएको छ । मन्त्रालयका सचिव चुडामणि पौडेलले पठाएको पत्रमा हाल दैनिक काम सञ्चालनका लागि उपकुलपतिको जिम्मेवारी तोकिएको जानकारी गराइएको छ ।
पौडेलले यसअघि दुई कार्यकाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । पत्र प्राप्त भएसँगै विश्वविद्यालयको दैनिक कार्यसञ्चालनको जिम्मेवारी सम्हालेको पौडेलले बताए ।
