एसईईको नतिजा प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

results.ekantipur.com मा क्लिक गरी एसईईको रिजल्ट हेर्न सकिनेछ ।

वैशाख २८, २०८३

सुदीप कैनी

National Examination Board's decision to publish SEE results

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डको बैठकले केही बेरमा एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ । बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । डेटाहरू अपलोड गर्ने काम भइरहेकाले नतिजा हेर्न भने केही समय लाग्ने शिक्षा सचिव चुडामणि गौतमले बताए । 

सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने घोषणा गरेको थियो । चैत २९ गते एसईईको परीक्षा सकिएको थियो । चाँडो नतिजा प्रकाशन गर्न परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षणको व्यवस्था मिलाइएको थियो ।

५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए  । देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

results.ekantipur.com मा क्लिक गरी एसईईको रिजल्ट हेर्न सकिनेछ ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully