केन्द्रले भने वैशाख २१ बाट कक्षा संचालन गर्न निर्देशन दिएको छ ।
परासी — केन्द्रको निर्देशनविपरीत पश्चिम नवलपरासीको रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिकाले वैशाख ७ देखि नै पठनपाठन सुरु गर्ने भएका छ्न् ।
रामग्राम नगरपलिकाका प्रमुख धनपत यादव र प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले सूचना प्रकाशित गर्दै पालिकाभित्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूमा विद्यार्थी भर्ना तथा नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
स्थानीय तहका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरको निर्णय कार्यान्वयन गर्दै शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूले विभिन्न शैक्षिक तथा सृजनात्मक कार्यक्रम सञ्चालन गर्दै विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण कार्य सुरु गर्न लागिएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवले बताए । केन्द्रले भने वैशाख २१ बाट कक्षा संचालन गर्न निर्देशन दिएको छ ।
