नयाँ शैक्षिक सत्र: वैशाख १५ देखि भर्ना, २१ देखि पढाइ

यसअघि सरकारले वैशाख १ देखि नयाँ शैक्षिक सत्र सुरु गरेर भर्ना अभियान चलाउँथ्यो भने निजी विद्यालयहरुले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र सुरु गराउँदै आएका थिए ।

चैत्र २६, २०८२

सुदीप कैनी

New academic session: Admissions from April 15, classes from April 21

काठमाडौँ — नयाँ शैक्षिक सत्र वैशाख १५ बाट सञ्चालन हुने भएको छ भने २१ गतेदेखि विद्यालयहरुमा पठनापाठन हुने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्‌को चैत २२ गतेको निर्णयका साथै चैत २३ देखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदा अनुसार विद्यालयहरुलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको हो ।

केन्द्रले विद्यालयहरूलाई नयाँ शैक्षिक सत्रअनुसार वार्षिक कार्ययोजना निर्माण गर्न, कार्यतालिका निर्माण गर्न, विद्यालय सुधार योजना निर्माण गर्न, शिक्षकको पेशागत क्षमता विकासका कार्य गर्न र विद्यार्थी सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण गर्न अनुरोध गरेको छ ।

यसअघि सरकारले वैशाख १ बाट सुरु गरेर भर्ना चलाउँथ्यो भने निजी विद्यालयहरुले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र सुरु गराउँदै आएकामा अबदेखि सरकारी र निजी दुवै विद्यालयमा एकै समयमा नयाँ शैक्षिक सत्र सुरु हुने भएको हो ।

New academic session: Admissions from April 15, classes from April 21

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully