परीक्षा रद्द गर्ने र एकवर्ष कुनै पनि परीक्षामा सहभागी हुन नदिने निर्णय भएको सेवा आयोगका प्रमुख विष्णुप्रसाद अर्यालले जनाए ।
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको लिखित परीक्षामा मोबाइल फोन प्रयोग गरि अनियमितता गरेको भन्दै एक जना परीक्षार्थीलाई कारबाही गरेको छ ।
शिक्षा शास्त्र संकायको गणित शिक्षा विषयको परीक्षामा अनियमितता गर्ने सिरहाका उपेन्द्र पण्डितलाई कारवाही गरिएको सेवा आयोगले जनाएको छ ।
उनको उक्त विषयको परीक्षा रद्द गर्ने र एकवर्ष कुनै पनि परीक्षामा सहभागी हुन नदिने निर्णय भएको सेवा आयोगका प्रमुख विष्णुप्रसाद अर्यालले जनाए ।
