नेल्टाले बुधबार पत्रकार सम्मेलन गरी यही माघ १६ र १७ गते ग्यालेक्सी पब्लिक स्कूलमा नेल्टा अन्तरराष्ट्रिय सम्मेलन हुने जानकारी गराएको हो ।
काठमाडौँ — अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)को आयोजनामा ३० औँ नेल्टा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
नेल्टाले बुधबार पत्रकार सम्मेलन गरी यही माघ १६ र १७ गते ग्यालेक्सी पब्लिक स्कूलमा नेल्टा अन्तरराष्ट्रिय सम्मेलन हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नेल्टाका अध्यक्ष प्रा डा लक्ष्मण ज्ञवालीले अंग्रेजी शिक्षाको महत्वका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा छलफल हुने जानकारी दिए ।
‘भावी पुस्ताका लागि अंग्रेजी भाषा शिक्षणः मानव, पृथ्वी र शान्तिका लागि शिक्षा’ भन्ने मूल नाराका साथ हुन लागेको उक्त सम्मेलनमा ८०० अंग्रेजी शिक्षकको सहभागिता हुने अध्यक्ष ज्ञवालीले बताए ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा अंग्रेजी शिक्षाका बारेमा समूहगत छलफलका साथै प्रदेशस्तरीय छलफल हुनेछ । सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, मलेसिया, चीन, सिंगापुर, मंगोलिया चीन, सिंगापुर, मंगोलिया, अमेरिका, बेलायत, जापान, हङकङलगायत देशका प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।
