त्रिवि विज्ञान प्रविधि संकायमा स्ववियुका विद्यार्थीले गरे तोडफोड

बीएससीको पुन: प्रवेश परीक्षा माग गर्दै आएका विद्यार्थी समूहले तोडफोड गरेको डिन कार्यालयले जनाएको छ ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Students of the Independent University vandalized the Faculty of Science and Technology at Tribhuvan University.

What you should know

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको डिन कार्यालयमा अस्कल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा आवद्ध विद्यार्थीले तोडफोड गरी क्षति पुर्‍याएका छन् ।

अस्कल क्याम्पसका स्ववियु गोपालबहादुर शाहीको नेतृत्वमा आएको ८/९ जनाको टोलीले डिन शंकर खनालको कार्यकक्षसहित डिन कार्यालयमा तोडफोड गरेको एक कर्मचारीले बताए । ‘कुर्ची, टेबल, सिसा र गमलाहरु फुटाए । डिन सरलाई पनि गमला उठाएर हान्न खोजेका थिए,’ उनले भने, ‘सहायक डिनलगायत अन्यले रोकेपछि जोगिए ।’ तोडफोडमा संलग्नहरु भागेपछि प्रहरी वृत्त कीर्तिपुरबाट प्रहरी पुगेको थिए ।

बीएससीको पुन: प्रवेश परीक्षा माग गर्दै आएका विद्यार्थी समूहले तोडफोड गरेको डिन कार्यालयले जनाएको छ । सचिवलगायत अस्कल क्याम्पसको स्ववियु एमाले निकट अनेरास्ववियुले जितेको थियो । स्ववियु अध्यक्ष रुद्रहरि पोखरेलले विद्यार्थीको माग लिएर अनेरास्ववियु समर्थित विद्यार्थी डिन कार्यालय पुगेपनि तोडफोडबारे जानकारी नभएको बताए । ‘गोपाल शाहीको नेतृत्वमा विद्यार्थी गएपनि उनीहरु तोडफोडमा सहभागी भएका छैनन्,’ उनले भने । प्रत्यक्षदर्शीहरुले भने शाहीलगायत अनेरास्ववियुबाट स्ववियुमा निर्वाचित अस्कल क्याम्पसका विद्यार्थीहरुले तोडफोड गरी क्षति पुर्‍याएको बताएका छन् ।

Students of the Independent University vandalized the Faculty of Science and Technology at Tribhuvan University.

डिन शंकर खनालले विद्यार्थीहरुको एक समूहले तोडफोड गरेको बताए । ‘विद्यार्थी त म चिन्दिनँ । अस्कल क्याम्पसका हुन भन्ने सुनेको हो,’ उनले भने, ‘घटनाबारे त्रिवि र प्रहरीलाई जानकारी गराएको छौं ।’ डिन कार्यालयले गत मंसिर ६ गते बीएससीको प्रवेश परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ९ हजार विद्यार्थी सहभागी थिए भने ८ हजार विद्यार्थी उत्तिर्ण भएर भर्ना भइसकेका छन् । अस्कल स्ववियु र अनेरास्ववियुले भने पुन: प्रवेश परीक्षाको माग राख्दै आएको छ ।

डिन खनालले यसपटक ढिला गरी प्रवेश परीक्षा भएको र भर्ना हुने सिट पनि पूरा भएकाले पुन: प्रवेश परीक्षा सञ्चालन नहुने निर्णय भएको बताए । ‘पुन: प्रवेश परीक्षा नहुने निर्णय डिन अफिसले नभई त्रिविले नै गर्ने हो,’ उनले भने, ‘यस डिन कार्यालयको कुनै संग्लनता छैन । तर तोडफोड गरियो ।’ असोजमा हुने प्रवेश परीक्षा जेन–जी आन्दोलनका कारण यसपटक मंसिरमा सञ्चालन भएको थियो । ढिला गरी प्रवेश परीक्षा सञ्चालन गर्दा पर्याप्त विद्यार्थी सहभागी भएको डिन कार्यालयले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully