सत्यनारायणलाई एमबीबीएस पढ्न व्यवसायी सारडाले प्रतिमहिना १० हजार सहयोग गर्ने

व्यवसायी सारडाले सत्यनारायणलाई एमबीबीएस पढ्न पाँच वर्षसम्म प्रतिमहिना १० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने भएका हुन् ।

पुस १७, २०८२

विनय आजाद

Businessman Sarada will support Satyanarayan to study MBBS for Rs. 10,000 per month

सिरहा — मजदुरीको काम गर्दै एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका बरियारपट्टी गाउँपालिका-२ का श्रीपुरका सत्यनारायण साफीलाई विभिन्न ठाउँबाट आर्थिक सहयोग आउने क्रम जारी छ । यसैक्रममा लहानका व्यवसायी विकास सारडाले पनि उनलाई सहयोग गर्ने भएका छन् ।

व्यवसायी सारडाले सत्यनारायणलाई एमबीबीएस पढ्न पाँच वर्षसम्म प्रतिमहिना १० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने भएका हुन् । यसरी सत्यनारायणलाई सारडाले पाँच वर्षसम्ममा कुल ६ लाख रुपैयाँ उपलब्ध गराउने छन् ।

जिल्ला उद्योग वाणिज्य संघ, लहानका अध्यक्षसमेत रहेका उनले बिहीबार आफ्नो जन्मदिनको अवसर पारेर घरमै पुगी सत्यनारायणसँग आर्थिक सहयोग गर्ने लिखित सम्झौता नै गरे । सम्झौताअनुसार सत्यनारायणको खातामै मासिक १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

यस्तै, सत्यनारायणलाई आजै रारा ब्लूजको उत्पादक कम्पनी नेचुरल स्पिरिट्स नेपालले पनि एक लाख ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully