तम्घासमा विज्ञान शिक्षकलाई तालिम

नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीको आयोजना र निमा पुस्तक प्रकाशन काठमाडौंको प्रायोजनमा शनिबार तम्घासमा शिक्षकहरुलाई तालिम दिइएको हो ।

पुस १२, २०८२

सन्तोष महतारा

गुल्मी — शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि विज्ञान शिक्षकलाई तालिम प्रदान गरिएको छ । 

नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीको आयोजना र निमा पुस्तक प्रकाशन काठमाडौंको प्रायोजनमा शनिबार तम्घासमा शिक्षकहरुलाई तालिम दिइएको हो । 

जिल्लाभरका माध्यमिक तह र आधारभूत तहका गरी ७० जना विज्ञान शिक्षकलाई एक दिने तालिम दिएको नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीका अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिए । उनका अनुसार, विज्ञान विषयको प्रश्न निर्माण तथा शिक्षणमा आईसीटीको प्रयोगसम्बन्धी बिषय मुख्य रुपमा प्रस्तुत भएका थिए ।

पाठ्यक्रम विकास केन्द्रका विज्ञ एवं विज्ञान विषय लेखक तथा बिषयविज्ञ जयानन्द कपाडी प्रशिक्षकका रुपमा रहेका थिए । उनले प्रयोगात्मक शिक्षक विधि, प्रविधिमैत्री कक्षाकोठा, प्रश्नपत्र निर्माण र आइसिटी प्रयोगमा प्रशिक्षण दिए । तालिम सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा संचालन भएको थियो ।

तालिममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरेले पेसागत संघसंगठनले यस्ता शैक्षिक क्षमता अभिवृद्धि गर्ने कार्यक्रम आयोजना गर्नुले शिक्षामा समग्र सुधारको आधा पलाएको बताए । 

सन्तोष

Link copied successfully