आइक्यान र मणिपाल विश्वविद्यालय, जयपुरबीच एमओयू

आइक्यानका सदस्यहरूले मणिपुर विश्वविद्यालय,जयपुरमा एम.कम. गर्ने अवसर पाउने

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

MoU between ICAN and Manipal University, Jaipur

काठमाडौँ — लेखा व्यवसायीको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान) र मणिपाल विश्वविद्यालय, जयपुरबीच सहकार्यसम्बन्धी समझदारी(एमओयू) भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई प्रतिष्ठित संस्थाबीच एमओयू भएको हो । 

मणिपाल विश्वविद्यालय, जयपुरका अध्यक्ष प्राध्यापक नीति निपुण शर्मा र आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरले समझदारीमा हस्ताक्षर गरेका हुन् ।

MoU between ICAN and Manipal University, Jaipurशैक्षिक उन्नयन र विश्वव्यापी सिकाइ अवसरका लागि सहकार्य गर्ने सम्झौता भएको आइक्यानले जनाएको छ । सम्झौताअनुसार आइक्यानका सदस्यहरूले मणिपुर विश्वविद्यालय,जयपुरमा एम.कम. गर्ने अवसर पाउनेछन् । 

MoU between ICAN and Manipal University, Jaipurसम्झौताका बारेमा आइक्यानले भनेको छ, 'यो साझेदारी केवल औपचारिक सम्झौता मात्र होइन, यसले व्यावसायिक शिक्षालाई उकास्ने, शैक्षिक नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र दुवै संस्थाका विद्यार्थी र अन्य पेसागत व्यक्तिहरूलाई दीर्घकालीन महत्त्वपूर्ण अवसर सिर्जना गर्छ ।'

कान्तिपुर

Link copied successfully