त्रिविले प्रदेशबाटै शैक्षिक प्रमाणपत्र वितरण गर्ने, प्रश्न पत्र अनलाइनबाटै

त्रिविबाट सञ्चालन हुने सबै तहका परीक्षाको प्रश्न पत्र अनलाइन विधिबाट परीक्षा केन्द्रसम्म पुर्‍याउने घोषणा गरेको छ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Tribhuvan University to distribute academic certificates from the province, question papers online

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट वितरण हुँदै आएको ट्रान्सक्रिप्ट लगायत शैक्षिक प्रमाणपत्र प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयबाट विद्यार्थीलाई उपलब्ध गराउने भएको छ ।

त्रिविको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा परीक्षा नियन्त्रण कार्यालयलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने उल्लेख छ । त्रिविबाट सञ्चालन हुने सबै तहका परीक्षाको प्रश्न पत्र अनलाइन विधिबाट परीक्षा केन्द्रसम्म पुर्‍याउने घोषणा गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डले २०७७/०७८ देखि नै कक्षा १२ को प्रश्न पत्र अनलाइनबाटै परीक्षा केन्द्रमा पठाउने गरेको छ । ‘परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई प्रभावकारी बनाइने छ । सूचना प्रविधिको प्रयोग र पहुँचलाई थप प्रभावकारी बनाई अनलाइन भुक्तानी र टान्सक्रिष्टहरु प्रादेशिक परीक्षा नियन्त्रण कार्यालय मार्फत वितरण गर्ने व्यवस्था थप सहज र सुलभ बनाइने छ,’ त्रिविको नीति तथा कार्यक्रममा भनिएको छ, ‘सम्बन्धित डिन कार्यालयले सञ्चालन गर्ने सेमेस्टर प्रणालीका शैक्षिक कार्यक्रमहरूको परीक्षा सम्बन्धी कार्य प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयसँग समन्वय गरी प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully