शिक्षा मन्त्रालयको सेवा सिंहदरबारबाटै

सोमबारदेखि शिक्षातर्फका महाशाखा/शाखाबाट प्रवाह हुने सेवा सिंहदरबारस्थित भवनबाट नै हुन थालेको प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

Ministry of Education services from Singha Durbar

काठमाडौँ — भाद्र २४ गते तोडफोड र आगजनीपछि केशरमहलमा सरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुनः सिंहदरबारमै सारिएको छ।

सोमबारदेखि शिक्षातर्फका महाशाखा/शाखाबाट प्रवाह हुने सेवा सिंहदरबारस्थित भवनबाट नै हुन थालेको प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए।

विज्ञान तर्फका महाशाखा/शाखाबाट प्रदान हुने सेवाहरु भने केशरमहल र सिंहदबार दुवै स्थानबाट सञ्चालन हुने मन्त्रालयले जनाएको छ । विद्यार्थी सेवाग्रहीका लागि वैदेशिक अध्ययन अनुमतिपत्र शाखा (एनओसी), शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा र छात्रवृत्ति शाखाबाट सेवा भने साबिककै सानोठिमस्थित कार्यालयबाट पूर्ववत सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

आगजनीमा परेको मन्त्रालयको भवन सरसफाई र मर्मतसम्भारका लागि भन्दै केशरमहलमा सारिएको थियो ।  

कान्तिपुर

Link copied successfully