उत्तर पुस्तिका नष्ट भएका त्रिविका विद्यार्थीको पुनः परीक्षा हुने

इलाका प्रहरी कार्यालयमा तोडफोड र आगजनीका कारण उत्तर पुस्तिका नष्ट भएपछि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा रद्द गरेको जनाएको छ ।

आश्विन २४, २०८२

कान्तिपुर संवाददाता

Re-examination will be held for the students of the university whose answer book has been destroyed

काठमाडौँ — भदौ २२ र २३ गतेको जेन-जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनः परीक्षा सञ्चालन हुने भएको छ ।

अनारमनी (झापा), चन्द्रनिगाहपुर (रौतहट) र नारायणपुर (दाङ) केन्द्रका परीक्षा रद्द गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यहाँस्थित इलाका प्रहरी कार्यालयमा तोडफोड र आगजनी हुँदा त्यहाँ राखिएका उत्तर पुस्तिका नष्ट भएकाले पुनः परीक्षा सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

परीक्षाको समय तालिका पछि तोकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । यी परीक्षा केन्द्रहरूमा भदौ २२ र २३ गते लिइएका परीक्षाका उत्तर पुस्तिका नष्ट भएकाले परीक्षा रद्द गरिएको कार्यालयले जनाएको छ ।

स्नातक तह दोस्रो वर्षको आंशिक र मौका परीक्षाका उत्तर पुस्तिका नष्ट भएका हुन् । करिब साढे छ सय विद्यार्थीका उत्तर पुस्तिका नष्ट भएको अनुमान गरिएको छ ।

कान्तिपुर

Link copied successfully