विद्यार्थीसँग मनोपरामर्श गर्दै विद्यालय पुनः सञ्चालन

भाद्र २९, २०८२

सुदीप कैनी

काठमाडौं — जेन–जीको आन्दोलन, प्रदर्शन र त्यसपछिको निषेधाज्ञाले बन्द विद्यालय, क्याम्पस लगायत शिक्षण संस्था आइतबारदेखि खुल्न थालेका छन् ।



nnnअवस्था सामान्य बन्दै गएसँगै अधिकांश विद्यालयले विद्यार्थीलाई डाकेर काउन्सिलिङ गर्दा कक्षा सञ्चालन थालेका हुन् । देशभरका शिक्षण संस्था आइतबार देखि खुलेका स्थानीय तहहरूलाई उदृत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । काठमाडौं महानगरपालिका सहित विभिन्न स्थानीय तहले विद्यालय खुल्ने सूचनाहरू शनिबार नै जारी गरेका थिए । महानगरले विद्यालयलाई आइतबार देखि खोल्न र सोमबार देखि पढाई थाल्न भनेको थियो । सोमबार देखि पठनपाठन सञ्चालन गर्न विद्यालयहरूलाई सर्कुलर गरेको थियो । कतिपय विद्यालयले पनि सामाजिक सञ्चालनबाट विद्यालय सञ्चालन आएको बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि शुक्रबार नै अब सेवा अघि बढाउनेबारे ७ सय ५३ वटै स्थानीय तहलाई सर्कुलर जारी गरेको थियो । शिक्षा मन्त्रालयले पनि अवस्था सामान्य बन्दै गएकाले विद्यालय सञ्चालन गर्न सकिने जनाएको छ । 

nnnविद्यार्थीलाई विद्यालय बोलाएर मनोसामाजिक परामर्श सहित अध्यापन थाल्न आग्रह गरिएको थियो । काठमाडौं त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले सोमबार देखि कक्षा सञ्चालन गर्ने गरी तयारी थालिएको बताए । ‘विषम परिस्थितिका कारण सिर्जित तनाव व्यवस्थापन गर्दै मनोपरामर्शका साथ पठनपाठन गर्ने लगायतका विषयमा विद्यालयमा शिक्षक कर्मचारी बैठक भयो,’ उनले भने ।

nnnविद्यालय आउजाउ गर्न समस्या भए अनलाइन कक्षाको व्यवस्था गर्न शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले आग्रह गरेका छन् । आइतबार विद्यालय सरसफाइ, अभिभावक विद्यार्थी सँग सम्पर्क लगायत प्रशासनिक विद्यालयले गरेका थिए । प्याब्सन काठमाडौँले भाद्र २८ गतेबाट तोकिएको परीक्षा असोज २ गतेबाट सञ्चालन गर्ने जनाएको छ । 

nnnनिजी विद्यालयहरूको सञ्चालक संस्थाहरु प्याब्सन, हिसान, एनप्याब्सन केन्द्रीय समिति र विभिन्न जिल्लाबाट विज्ञप्ति जारी गरेर आइतबार देखि अनुकूलताका आधारमा विद्यालय खोल्न अपिल गरेका छन् । स्थानीय अवस्थाको मध्यनजर र प्रशासनसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न भनिएको छ । अन्तरिम सरकार गठन भएको, प्रशासनले कर्फ्यु हटाएकाले शिक्षण क्रियाकलाप अघि बढाउन अवस्था अनुकूल बन्दै शिक्षाकर्मीहरूको ठहर छ । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघका महासचिवले पनि आइतबारदेखि विद्यालयमा पठनपाठन गर्ने निर्णय भएको बताए । पोखरा महानगरपालिकाले असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

nnnत्रिभुवन विश्वविद्यालयले भने प्रशासन सञ्चालन गरेपनि पठनपाठन कात्तिक ११ गतेबाट मात्र सञ्चालन गर्ने भएको छ । रजिस्ट्रार कार्यालयबाट जारी सूचनामा भनिएको छ, ‘हिउँदे बिदाबाट कटौती हुने गरी कात्तिक ९ गतेसम्म हुने सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ ।’ नियमित कक्षा सञ्चालन कात्तिक ११ गते हुने हुने सूचनामा उल्लेख छ । काठमाडौं विश्वविद्यालय पनि छठ पर्वसम्म अध्ययन अध्यापन स्थगन गरेको छ । रजिस्ट्रार प्रशासनिक कार्यहरू भने जारी रहने जनाएको छ । पूर्वाञ्चल, सुदूरपश्चिम विश्वविद्यालयले भने आइतबारबाटै अध्ययन/अध्यापन सुचारु गरिने जनाएका छन् ।  विश्वविद्यालय अन्तर्गतका निकाय, कार्यालय, स्कुल र क्याम्पसहरु गर्नु हुन सूचना प्रकाशित गरिएको छ ।

nnnजेन–जी विद्रोहका क्रममा दर्जनौं विद्यार्थी घाइते भएका छन् भने केहीको मृत्युसमेत भएको प्रहरीको तथ्यांकह छ । प्रदर्शनको क्रममा युलेन्स स्कुल खुमलटार/बाँसबारी, ग्लोबल कलेज, जेभियर इन्टरनेसल, नाइटिंगेल स्कुलमा तोडफोड र आगजनी भएको थियो । 

nnn 

सुदीप कैनी कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully