काठमाडौंका विद्यालय आइतबारदेखि खुल्ने, सोमबारदेखि पढाई

भाद्र २८, २०८२

सुदीप कैनी

काठमाडौं — काठमाडौं महानगरपालिकाले सोमबारदेखि पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई सर्कुलर गरेको छ । 

काठमाडौं महानगरपालिकाले सोमबारदेखि पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई सर्कुलर गरेको छ । 

शनिबार सूचना जारी गर्दै २९ गते आइतबार शिक्षक र कर्मचारीलाई मात्र विद्यालयमा उपस्थित हुन भनिएको छ । ३० गते सोमबारदेखि विद्यार्थीलाई विद्यालय बोलाएर मनोसामाजिक परामर्शसहित अध्यापन थाल्न आग्रह गरिएको छ । 

विद्यालय आउजाउ गर्न समस्या भए अनलाइन कक्षाको व्यवस्था गर्न शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले आग्रह गरेका छन् । आइतबार भने विद्यालय सरसफाइ, अभिभावक, विद्यार्थीसँग सम्पर्कलगायत प्रशासनिक काम मात्र गर्न भनिएको छ ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully