विद्यालय शिक्षा विधेयक नसच्चिए आन्दोलन गर्ने निजी विद्यालय सञ्चालकको चेतावनी

अन्तरक्रिया कार्यक्रममा सहभागीले निजी विद्यालयका सञ्चालकले विधेयकमा गैरनाफामूलक बनाउने कुरा अमान्य भएको जनाउँदै लगानी सुरक्षित गर्नुपर्नेमा जोड दिए ।

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

Warning of private school administrators who will protest if the school education bill is not passed

What you should know

काठमाडौँ — निजी विद्यालयका सञ्चालकले विद्यालय शिक्षा विधेयक नसच्चिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले विधेयक संशोधन नगरे विद्यालय बन्दसहितका आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा सहभागीले निजी विद्यालयका सञ्चालकले विधेयकमा गैरनाफामूलक बनाउने कुरा अमान्य भएको जनाउँदै लगानी सुरक्षित गर्नुपर्नेमा जोड दिए । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) का पूर्वअध्यक्ष डिके ढुंगानाले सरकारले विद्यालय शिक्षा विधेयकमा आफ्नो माग सम्बोधन नगरे विद्यालय बन्द गर्दै आन्दोलन गर्ने बताए । उनले शिक्षामा निजी विद्यालयको योगदान धेरै रहेको दाबी गर्दै विधेयकका सम्बन्धमा राजनीतिक नेतासँगको भेटमा संशोधनको आश्वासन मात्र पाएको बताए ।

एसोसिएसन अफ प्रि स्कुल एजुकेसन नेपाल (अपेन)का अध्यक्ष बद्री दाहालले लगानीको सुरक्षित वातावरण सरकारले नबनाए विद्यालयको चाबी सरकारले दिने बताए ।

उच्च विद्यालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का कार्यवहाक अध्यक्ष युवराज शर्माले विधेयकलाई निजी शिक्षण संस्थालाई कमजोर बनाउन नहुने बताए । उनले राज्यले निजी क्षेत्रलाई स्थान दिने देखिए पनि शिक्षा विधेयकले निजी लगानीका विद्यालयमा पनि असर गर्ने बताए । उनले निजी विद्यालयलाई अझ उत्तरदायी बनाउने र विद्यालयको लगानी सुनिश्चित गर्न आवश्यक रहेको बताए ।

निजी तथा आवासीय विद्यालय संगठन (एनप्याब्सन)का अध्यक्ष कृष्ण अधिकारीले सरकारले शिक्षालाई (धान्छ) चलाउन सक्छ भने आफूहरुले अन्य व्यवसाय गर्ने चेतावनी दिए । 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन नेपाल (एनप्याब्सन)का अध्यक्ष सुवास न्यौपानेले विधेयकले शिक्षाको गुणस्तर सुधार्न ध्यान नदिएको बताए ।

कान्तिपुर

Link copied successfully