निजी विद्यालयका प्रतिनिधिले बुझाए माओवादी केन्द्रका अध्यक्ष दाहाललाई ज्ञापनपत्र  

पूर्वी नवलपरासीको कावासोतीमा सरकारले निजी विद्यालयलाई धराशायी बनाउने र सञ्चालन नै गर्न नसकिने अवस्था ल्याउन लागेको भन्दै दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

भाद्र १३, २०८२

नवीन पौडेल

The representative of the private school submitted a memorandum to Dahal, Chairman of the Maoist Center

नवलपुर — प्रस्तावित संघीय शिक्षा ऐन निजी विद्यालयको हितविपरीत भएको भन्दै पूर्वी नवलपरासीका निजी विद्यालय सञ्चालकहरूले माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । 

पूर्वी नवलपरासीको कावासोतीमा सरकारले निजी विद्यालयलाई धराशायी बनाउने र सञ्चालन नै गर्न नसकिने अवस्था ल्याउन लागेको भन्दै दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् । प्याब्सन नवलपुरका जिल्ला अध्यक्ष  हरिहर अधिकारीको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा निजी विद्यालयलाई गैरनाफामूलक बनाउने, पूर्णरूपमा छात्रवृत्ति दिनुपर्ने लगायतका प्रावधान निजी क्षेत्रका विद्यालयहरूलाई प्रतिकूल भएको भन्दै ऐन तत्काल सच्याउन माग गरिएको छ ।

यसअघि पनि जिल्लामा विभिन्न विरोधका कार्यक्रम सञ्चालन गर्दै आएका निजी विद्यालयका सञ्चालकले सरकारले आफ्ना मागबारे सुनवाइ नगरेमा विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिँदै आएका छन् । जिल्लामा ९२ वटा निजी विद्यालय सञ्चालनमा छन् । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully