खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाले एसईईमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरेको छ । एसईईमा नगर उत्कृष्ट हुने छात्रा र छात्रलाई नगरपालिकाले पुरस्कृत गरेको हो ।
हलेसी तवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार २०८१ को एसईईमा ३.५३ जीपीए ल्याएर छात्रतर्फ नगर प्रथम हुने लक्ष्मी माध्यमिक विद्यालय बडहरेका गणेशकुमार दाहाल, ३.३१ जीपीए ल्याएर छात्रातर्फ नगर प्रथम हुने सरस्वती मावि अर्खौलेकी जेनिसा श्रेष्ठलाई पुरस्कृत गरिएको हो । उनीहरूलाई जनही ५०/५० हजार रूपैयाँ प्रदान गरिएको हो ।
त्यस्तै ३.४३ जीपीए ल्याएर छात्रतर्फ नगर दोस्रो हुने च्यास्मिटार माविका सोमन राई र ३.२९ जीपीए ल्याएर छात्रातर्फ दोस्रो हुने महेन्द्रोदय मावि महादेवस्थानकी सोस्तिका राईलाई जनही २५/२५ हजार रूपैयाँ प्रदान गरिएको छ ।
कक्षा ४ देखि ९ सम्म नगरस्तरीय परीक्षामा प्रथम र दोस्रो हुने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ । कक्षा ४ मा नगरप्रथम हुने बोझेओढाआर आधारभूत विद्यालय बडहरेकी सुनिता विश्वकर्मा र दोस्रो हुने रोशिका अधिकारीलाई क्रमशः नगद १० हजार र पाँच हजारले पुरस्कृत गरिएको छ । त्यस्तै कक्षा ५ मा बोझेओढार आधारभूत विद्यायलकै काजल विश्वकर्मा प्रथम र उक्त विद्यालयकै मनिष राई दोस्रो भएका छन् ।
कक्षा ६ मा बुलापन्थे मावि धितुङका पनिता राई प्रथम, दामोदर महासिंह आवि दुर्छिमकी एन्जलिका राई दोस्रो, कक्षा ७ मा मालिकादेवी मावि बाहुनीडाडाँकी लक्ष्मी राई प्रथम, शान्ति आवि बडहरेकी युनिका राई दोस्रो, कक्षा ८ मा महंकला आवि राजापानीकी रोजिना कार्की प्रथम, ज्योति मावि राजापानीका सविन कार्की दोस्रो भएका छन् ।
कक्षा ९ मा बुलापन्थे मावि धितुङका अनिष कटवाल प्रथम र मालिकादेवी बाहुनीडाडाँकी रजिका राई दोस्रो भएकी छन् । सबै तहमा प्रथम हुनेले १० हजार र दोस्रोले पाँच हजार नगद पाएको गिरीले बताएका छन् ।
उत्कृष्ट विद्यालयहरूलाई पनि पुरस्कृत गरिएको छ । गिरीका अनुसार कक्षा ४–५ सम्मको बोझेओढार आवि प्रथम, कलंका आवि च्यास्मिटार दोस्रो, देउराली आवि च्यास्मिटार तेस्रो भएका छन् । प्रथम ३० हजार, दोस्रो १५ हजार र तेस्रो हुनेले १० हजार पाएका छन् ।
त्यस्तै कक्षा ६–८ मा शान्ति आवि बडहरे प्रथम, मालिकादेवी मावि बाहुनीडाँडा दोस्रो र बुलापन्थे मावि धितुङ तेस्रो भएको छ । उक्त विद्यालयहरूले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद पाएका छन् ।
कक्षा ९ मा दुर्छिम मावि दुर्छिम प्रथम, शान्ति मावि डिकुवा दोस्रो र मालिकादेवी मावि बाहुनीडाडाँ तेस्रो भएका छन् । उक्त विद्यालयहरूले क्रमश: प्रथमले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले १५ हजार नगद प्राप्त गरेका छन् । उक्त पुरस्कार पूर्णखोप सुनिश्चितता नगर घोषणा तथा शैक्षिक सत्र २०८१ एसईई तथा नगरस्तरीय वार्षिक परीक्षा पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको अवसरमा वितरण गरिएको हो । यसै अवसरमा हलेसी मन्दिर व्यवस्थापन समितिलाई पन्चेबाजा हस्तान्तरण गरिएको छ ।
