जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको उपकुलपतिमा १५ जनाको आवेदन परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयमा मंगलबार ५ बजेसम्म १५ जनाको आवेदन परेको हो ।
डा. अरुणकुमार सिंहले पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुनको लागि आवेदन दिएका छन् ।
इच्छुक योग्य उम्मेदवारलाई आवेदन दिन गत बुधबार सार्वजनिक सूचना आह्वान गरिएको थियो । कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा आवेदन दिनेहरुमा प्रध्यापक डा. सेशनन्द सञ्जेल, डा. उत्सव चापागाईं, प्राध्यापक डा. प्रमोदकुमार सर्राफ, डा. पवजजंग रायमाझी, डा. पुजन रोकाया, डा. सूर्यमान मेन्याङ्बो, डा एलिजा श्रेष्ठ, डा. डबलबहादुर धामी, डा. कालु शर्मा सुवेदी, डा. विष्णुप्रसाद शर्मा रहेका छन् ।
यसैगरी डा. प्रमोद यादव, डा. श्रीकृष्ण गिरी, डा. लक्ष्मीनारायण सिंह र डा. अरुणकुमार सिंहले पनि उपकुपतिमा आवेदन दिएका हुन् ।
यसअघि उपकुलपतिको आवेदन दिएका डा. पुजन रोकाया कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल निर्देशक हुन् । डा. डबलबहादुर धामी निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष हुन् । यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. मंगल रावल थिए ।
