नवलपरासी — अत्यधिक गर्मी बढेपछि जिल्लाको गैंडाकोट नगरपालिकाले बुधबारदेखि ३ दिन विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
गैंडाकोटका मेयर मदनभक्त अधिकारीले मंगलबार सूचना प्रकाशन गरेर नगरपालिकाभित्रका सबै विद्यालय बुधबारबाट शुक्रबारसम्म बन्द गर्न निर्देशन गरेका हुन् । अत्यधिक गर्मी बढेको र अभिभावकको समेत सिकायत आएकाले विद्यालय बन्द गर्न परेको उनले जानकारी दिए ।
मंगलबार पूर्वी नवलपरासीको तापक्रम ३९ डिग्री रहेको छ ।
