विद्यालयमा मारवाडी युवा मञ्चको सहयोग

जेष्ठ १४, २०८२

कान्तिपुर संवाददाता

Support of Marwari Yuva Manch in schools

जनकपुर — मारवाडी युवा मञ्च जनकपुरले गरिब, निम्नवर्ग तथा विपन्न विद्यार्थी अध्ययनरत धनुषाको एक विद्यालयमा बुधबार शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ ।

मुखियापटी मुसर्निय गाउँपलिकको खतवैयास्थित विद्यालयमा अध्यनरत २५ जना विद्यार्थीलाई झोला, कापी, पेन्सिल लगायतका सामग्री वितरण गरिएको छ । 

मारवाडी मञ्चका अध्यक्ष राहुल सिंघानियाका अनुसार विद्यार्थीलाई खेलकुद सामग्रीमा फुटबल, क्यारम बोर्ड, लुडो र ब्याडमिन्टनसमेत वितरण गरिएको छ । 

विद्यालयकी शिक्षिका विमला साहले पढाउनका लागि मारवाडी युवा मञ्चले ह्वाइट बोर्ड, डस्टर र मार्करसमेत हस्तान्तरण गरेको बताइन् । 

मञ्चका अध्यक्ष सिंघानियाले विद्यालयमा विद्यार्थीको लागि डेस्क बेन्च नहुँदा भुइँमा बसेर पढ्नुपर्ने बाध्यता रहेकाले बस्नका लागि त्रिपाल र वर्षाको सिजन भएकाले हरेक विद्यार्थीलाई छातासमेत वितरण गरिएको जानकारी दिए ।

कान्तिपुर

Link copied successfully