नेपाललाई शिक्षाको हब बनाउनुपर्छ : सभापति देउवा

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

Nepal should be made a hub of education: Chairman Deuba

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा पार्टीको शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राम्रो शिक्षा नभएको भन्दै अभिभावकले विदेश पढ्न आफ्ना सन्तानहरू पठाउने गरेको भन्दै नेपालमै उच्च शिक्षा दिन सक्ने वातावरण बनाउन आग्रह गरे ।

उनले नेपालमै राम्रो शिक्षा दिन सके विदेशी विद्यार्थी समेत नेपाल पढ्न आउने बताए । उनले अहिलेको समयमा शिक्षा महत्त्वपूर्ण रहेको र शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए ।

सभापति देउवाले भने, ‘नेपालमा राम्रो एजुकेसन छैन भन्ने हिसाबले होला, कतिपय आमा बुबाले छोराछोरी विदेश पढ्न पठाउँछन् । त्यस कारण नेपालमै राम्रो एजुकेसन दिने स्कुलदेखि लिएर युनिभर्सिटीसम्म हामीले बनाउन सक्यो भने हाम्रो देशको विद्यार्थी विदेश जानबाट रोकिन्छन् । हाम्रो देश सुन्दर छ । हावापानी सबैले । विदेशी पनि नेपालमा विद्यार्थी आउन सक्छन् । त्यसको लागि नेपाल शिक्षाको हब बन्न सक्छ । त्यस्तो किसिमको शिक्षा नेपालमा हामीले दिन सक्यौँ भने, त्यस्तो एजुकेसन दिन सक्यो भने नेपालमा विदेशी विद्यार्थी नेपाल आउन सक्छन् । नेपाल नै शिक्षाको हब बन्न सक्छ । अहिलेको बेला शिक्षा नै महत्त्वपूर्ण कुरा हो । शिक्षालाई प्राथमिकता दिनुपर्छ ।’

सभापति देउवाले शिक्षा नेपालको लागि महत्त्वपूर्ण रहेको बताए । नेपालमा विदेशी विद्यार्थी आउने किसिमको आकर्षित वातावरण बनाउनुपर्नेमा जोड दिए । 

कान्तिपुर

Link copied successfully