काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

International Mathematics Conference at Kathmandu University

काठमाडौँ — काठमाडौं विश्वविद्यालय, धुलिखेलमा यही वैशाख २५ गतेदेखि २७ गतेसम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन आयोजना हुने भएको छ।

गणित विभाग, स्कूल अफ साइन्स, काठमाडौं विश्वविद्यालयको आयोजनामा त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय तथा नेपाल गणित समाजको सहकार्यमा हुन लागेको यो सम्मेलनमा गैर-रेखीय विश्लेषण र अनुकूलन विषयवस्तु केन्द्रमा हुनेछ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा २०० भन्दा बढी सहभागिहरूको उपस्थिति रहनेछ भने १२५ भन्दा बढी अनुसन्धानपत्रहरू प्रस्तुत गरिनेछन्।

सम्मेलनमा २० भन्दा बढी देशका विश्वविद्यालय तथा अनुसन्धान संस्थानहरूमा आबद्ध वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्राध्यापकहरू सहभागी हुने आयोजकले जनाएका छ्न् । सम्मेलनको प्रत्येक दिन तीनवटा समानान्तर सत्रहरू सञ्चालन गरिनेछ ।

कान्तिपुर

Link copied successfully