काठमाडौँ — पाटन संयुक्त क्याम्पस स्ववियुको अध्यक्षमा रोहित कपाली निर्वाचित भएका छन् । अध्यक्षमा विजयी कपाली नेविसंघका हुन् ।
शनिबार भएको स्ववियु निर्वाचनको अन्तिम परिणाम अनुसार कपालीले ९०६ मत ल्याइ विजयी भएका हुन् । अनेरास्ववियुका ३६५ मत ल्याएका तिलकबहादुर कुमाललाई ५४१ मतले पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
