आरआर क्याम्पसमा सर्वसम्मत स्ववियु चयन

वैशाख १७, २०८२

कान्तिपुर संवाददाता

Unanimous SWIU Selection at RR Campus

काठमाडौँ — रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा बुधबार सर्वसम्मत २१ सदस्यीय स्वतन्त्र विद्यार्थी युनियन चयन भएको छ । क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनका प्रतिनिधिको सर्वपक्षीय बैठक बसेर स्ववियु निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक महेश भट्टराईले जानकारी दिए ।

स्ववियु अध्यक्षमा अनेरास्ववियुका लोकेशकुमार खड्का, उपाध्यक्षमा अखिल क्रान्तिकारीका संगमकुमार लामा तामाङ, सचिवमा नेविसंघतर्फबाट शैलेन्द्र उपाध्याय, कोषाध्यक्षमा अनेरास्ववियूबाट अम्बिका अधिकारी चयन भएको निर्वाचन समितिले जनाएको छ ।

सदस्य पद पनि अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, वैज्ञानिक समाजवादी र स्वतन्त्र विद्यार्थी समूहलाई बाँडफाँट गरिएको छ ।

विद्यार्थी संगठनबीचको विवादको कारण गत चैत ५ गते तोकिएको स्ववियु निर्वाचन आरआरमा हुन सकेको थिएन । पाटन उच्च अदालतले निर्वाचन गराउन आदेश दिएपछि छलफल डाकिएको थियो । उक्त छलफलले सर्वसम्मत स्ववियु चयन गरेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully