अनेरास्ववियुको महाधिवेशन जेठ १ गतेदेखि काठमाडौंमा

वैशाख २, २०८२

कान्तिपुर संवाददाता

The General Assembly of ANERASWAVIU will be held in Kathmandu from May 1st

काठमाडौँ — एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन जेठ १ गते देखि काठमाडौंमा हुने भएको छ । अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले सचिवालय बैठकले २४ औं राष्ट्रिय महाधिवेशन जेठ १ देखि ५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको जनाए ।

बैठकले महाधिवेशनका लागि विभिन्न उपसमिति समेत गठन गरेको उनले बताए । एमालेले वैशाख ११ गते काठमाडौंमा आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा अनेरास्ववियुले पूर्ण रूपमा कार्यकर्ता परिचालन गर्ने निर्णयसमेत गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully