त्रिविका ‘ट्रान्सक्रिप्ट’ र ‘प्रोभिजनल सर्टिफिकेट’का लागि आजदेखि अनलाइन फारामको व्यवस्था

वैशाख २, २०८२

कान्तिपुर संवाददाता

Provision of online form for Trivika 'Transcript' and 'Provisional Certificate' from today

काठमाडौँ — त्रिविका ‘ट्रान्सक्रिप्ट’ र ‘प्रोभिजनल सर्टिफिकेट’का लागि आजदेखि अनलाइन फारामको व्यवस्था गरिने भएको छ ।

आज ११ बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनका लागि अनलाइन सेवा सञ्चालन हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताएका छन् । अन्य सेवाहरु पनि क्रमशः अनलाइन लागू गर्दै लैजाने योजना अनुसार जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवाहरु अनलाइनबाट सञ्चालन गरिने परीक्षा नियन्त्रक जोशीले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले प्रदान गर्ने सेवाका लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै धाउनुपर्ने अवस्थालाई कम गर्न गत वर्षदेखि नै अनलाइनमा घोषणा भए पनि वेबसाइट ह्याक भएपछि अनलाइन सेवा अवरुद्ध थियाे ।

पनिकाले यसअघि सम्बन्धित क्याम्पसबाट लब्धाङ्क पत्र (मार्कसिट) प्रिन्ट गर्ने व्यवस्था गरिसकेको छ । गत भदौबाट सबै क्षेत्रीय कार्यालयबाट उत्तरपुस्तिका परीक्षणको कामसमेत सुरु भइसकेको छ । 

Provision of online form for Trivika 'Transcript' and 'Provisional Certificate' from today

कान्तिपुर

Link copied successfully