नेपाल ल क्याम्पसमा वैशाख ८ गते स्ववियु चुनाव हुने

चैत्र ३१, २०८१

कान्तिपुर संवाददाता

Swaviyu elections will be held on May 8th at Nepal Law Campus

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसमा आगामी वैशाख ८ गते स्ववियु चुनाव हुने भएको छ । स्ववियु निर्वाचन समितिले आइतबार निर्वाचन कार्यातालिका सार्वजनिक गरिसकेको छ ।

उच्च अदालत पाटनले 'यथाशक्य चाँडो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनसम्बन्धी कार्य गर्नु/गराउनु' भन्ने अन्तरिम आदेश कार्यान्वयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको समितिकी सदस्य-सचिव उपप्राध्यापक विष्णुमाया भुसालले बताएकी छन् ।

सुरुमा चैत ५ गते र पछि चैत १९ गतेका लागि चुनावको मिति तोकिए पनि विद्यार्थी संगठनहरूबीचको विवादले हुन सकेको थिएन । 

Swaviyu elections will be held on May 8th at Nepal Law Campus

कान्तिपुर

Link copied successfully