आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्छ: अध्यक्ष दाहाल

चैत्र २४, २०८१

कान्तिपुर संवाददाता

The demands of the protesting teachers should be addressed quickly: President Dahal

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्ने बताएका छन् ।

आइतबार यहाँ आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उनले माग सम्बोधन गराउने सवालमा आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए । 

उनले शिक्षकहरूको माग पूरा गर्ने सन्दर्भमा प्रतिपक्षी दलले खेल्ने भूमिकाबारे संवाद भइरहेको बताए । 

नेपाल शिक्षक महासंघको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित यही चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।

कान्तिपुर

Link copied successfully