डोटीको सीताराम बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघको प्यानलै निर्विरोध 

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

Doti's Sitaram is unopposed by the All-Union panel in the Swaviyu of the multipurpose campus

डोटी — सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत डोटीको सीताराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलै निर्विरोध निर्वाचित भएको छ ।

स्ववियु सभापतिमा नेविसंघका उमेश बलायर,उपाध्यक्ष मनिषा कुमारी भट्ट(रोस्यारा), समानुपातिक सचिव ललितबहादुर साउद,सहसचिवमा लक्ष्मीकुमारी विक,कोषाध्यक्षमा कविताकुमारी बलायर निर्विरोध निर्वाचित भएको  निर्वाचन संयोजक चेतराज भट्टले कान्तिपुरलाई जानकारी दिए । 

यस्तै सदस्यहरूमा टिकेश्वरी जैशी,माया बलायर प्रत्यक्षतर्फ निर्वाचित भएका छन् भने समानुपातिकमा यसोदाकुमारी भट्ट,सारदा खड्का र लालमनि भट्ट पनि निर्विरोध निर्वाचित भएका छन ।

२७ गते हुने भनिएको निर्वाचनका लागि उक्त क्याम्पसमा क्रान्तिकारीका सबै उम्मेदवारले उम्मेदवारले फिर्ता लिएका हुन् । त्यस्तै सभापतिमा स्वतन्त्र उम्मेदवार रहेकी निर्मला भट्टले पनि उम्मेदवारी फिर्ता लिएपछि नेविसंघ निरविरोध निर्वाचित भएको हो । 

कान्तिपुर

Link copied successfully