तिला कर्णालीको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी

चैत्र १८, २०८१

तुलाराम पाण्डे

Hikmat Singh of Akhil Krantikari won the Swaviyu presidency of Tila Karnali

कालिकोट — मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कालिकोटको तिला कर्णाली बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी भएका छन् ।

उनी दोस्रो पटक स्ववियु अध्यक्षमा विजयी भएका हुन् । एकीकृत समाजवादीको अनेरास्ववियु, राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनसहितको गठबन्धनबाट अखिल क्रान्तिकारीका सिंह विजयी भएका हुन् ।

उनले ७२ मत प्राप्त गरेर विजयी हुँदा नेविसंघसँगको गठबन्धनबाट प्रतिस्पर्धा गरेकी अनेरास्ववियुकी दीपा शाहीले ५३ मत पाइन् । अनेरास्ववियुबाटै बागी उम्मेदवारी दिएकी शर्मिला शाहीले ३ मत पाइन् ।

सचिवमा नेविसंघका खगेन्द्र प्रसाद पाण्डे दोहोरिएका छन् । उनले ७१ मत प्राप्त गर्दा समाजवादी अखिलबाट प्रतिस्पर्धा गरेका उमेश शाहीले ५७ मत ल्याए ।

कोषाध्यक्षमा अखिल क्रान्तिकारीको गठबन्धनबाट उम्मेदवारी दिएकी राप्रविसंकी मीना शाहीले १ मतले अनेरास्ववियुका दुर्गबहादुर शाहीलाई हराइन्। मीनाले ६३ मत ल्याउँदा दुर्गले ६२ मत पाए। मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा चैत १८ गते निर्वाचन भएको हो।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully