काठमाडौँ — त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका दीपकराज जोशी विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा उनी प्रतिस्पर्धी उम्मेदवारसँग ८ मतले विजयी भएका हुन् ।
जोशीले ७ सय ८९ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७ सय ८१ मत प्राप्त गरे ।
त्यस्तै तेस्रो स्थानमा रहेका अखिल क्रान्तिकारीका प्रविन दाहालले ७ सय २७ मत ल्याए । त्यस्तै स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ५ सय १७ र पद्मा भुसालले १६६ मत प्राप्त गरे ।
स्ववियुका अन्य पदाधिकारीमा भने अनेरास्वियुका उम्मेदवार विजयी भएका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा जम्मा मतदाता संख्या ६ हजार १ सय ४६ रहेको थियो जसमध्ये सोमबार ३ हजार १ सय १८ विद्यार्थीले मतदान गरेका थिए ।
