त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु चुनाव हुने

चैत्र ११, २०८१

कान्तिपुर संवाददाता

Swaviyu elections will be held on Chait 13th at Trichandra campus

काठमाडौँ — त्रिचन्द्र बहुमुखी क्याम्पसमा यही चैत १३ गते स्ववियु चुनाव हुने भएको छ । स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार सूचना जारी गर्दै चैत ५ गते स्थगित भएको चुनाव बुधबार हुने जानकारी दिएका हुन् । 

चुनाव बिहान ८ बजेदेखि सुरु हुने पनि सूचनामा उल्लेख छ । प्रवेशद्वारमै विद्यार्थी संगठनले ताल्चा लगाएपछि ५ गते तोकिएको चुनाव स्थगित भएको थियो ।  नेविसंघले क्याम्पस छिर्ने ढोकामै ताल्चा लगाएपछि मंगलबारका लागि तय भएको निर्वाचन स्थगित भएको हो । 

कान्तिपुर

Link copied successfully