अस्कल क्याम्पस स्ववियुमा अनेरास्ववियुको प्यानल नै विजयी

अध्यक्षमा रुद्रहरि पोखरेल, सचिवमा गोपालबहादुर शाही र कोषाध्यक्षमा विवेक कोइराला विजयी

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

The panel of Aneraswawiyu is the winner in Askal Campus Swawiyu

काठमाडौँ — काठमाडौंको अस्कल क्याम्पस स्ववियुमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । आइतबार भएको निर्वाचनमा अनेरास्ववियुका रुद्रहरि पोखरेल स्ववियु अध्यक्षमा विजयी भएका हुन् । उनले ६८९ मत पाए ।

त्यस्तै उनका प्रतिस्पर्धी रहेका अखिल क्रान्तिकारीका विश्राम शर्मा पौडेलले ३६३ मत मात्र पाए । रुद्रहरि यसअघि स्ववियु सचिव थिए । 

त्यस्तै सचिवमा गोपालबहादुर शाही र कोषाध्यक्षमा विवेक कोइराला विजयी भए । त्यस्तै सदस्यहरूमा गोकर्ण साउद, गणेश शाही, विनय ढकाल, सिजन पन्त, साधना सिग्देल, प्रसन्न चिलवाल र गृश्मा पन्त विजयी भए ।

आइतबार विद्युतीय मेसिनबाट भएको मतदानमा १ हजार २ सय ९१ मत खसेको थियो । अस्कल क्याम्पसमा कुल मतदाता १ हजार ९ सय ४८ रहेको छ। 

कान्तिपुर

Link copied successfully