पद्मकन्या क्याम्पसमा नेविसंघको विद्रोही स्वतन्त्र प्यानलै विजयी

चैत्र ८, २०८१

कान्तिपुर संवाददाता

In the Padmakanya campus, the rebel independent panel of the Navy won

काठमाडौँ — बागबजारस्थित पद्मकन्या क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेविसंघको विद्रोही स्वतन्त्र प्यानलै विजयी भएको छ। अध्यक्षमा भूपेश्वरी ऐर ७३० मतसहित निर्वाचित भएकी हुन्।

नेविसंघमा विवाद हुँदा ऐरको नेतृत्वमा प्यानलै स्वतन्त्र उम्मेद्वारी परेको थियो। तर अन्तिम समयमा नेविसंघले ऐर नेतृत्वको प्यानललाई नै समर्थन गरेको थियो। अध्यक्षमा निर्वाचित ऐर यसअघि स्ववियु सचिव थिइन्।

प्रतिस्पर्धी पूर्णिमाया परियारले ३७९ मत ल्याइन्। नेविसंघ इकाइ सभापतिसमेत रहेकी परियारले नेविसंघबाट उम्मेदवारी दिएपनि संगठनले उनलाई आधिकारिक उम्मेदवार मानेको थिएन। 

सचिवमा सन्ध्या बस्याल र कोषाध्यक्षमा शंकल्पिका थापा विजयी भएका छन्। सदस्यहरूमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यानसु कटवाल निर्वाचित भए। 

कान्तिपुर

Link copied successfully